Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास नगरपालिका घोषणा हुने

Published on 4:32:00 AM //

Gulmi Darshan

सरकारले गुल्मीमा छिट्टै तम्घास नगरपालिका घोषणा गर्ने तयारी गरिरहेको छ । स्थानीय विकास मन्त्रालयले नयाँ नगरपालिकाका लागि आवश्‍यक पर्ने दरबन्दीका लागि सामान्य प्रशासन र बजेटका लागि अर्थ मन्त्रालयसमक्ष प्रस्ताव पठाएको छ। छ वर्षअघि तम्घास गाविसलाई नगरपालिका घोषणा गर्न सिफारिस गरिएको थियो। मन्त्रालयका कायममुकायम सचिव यज्ञप्रसाद गौतमले तम्घास नगरपालिका घोषणासम्बन्धी प्रस्ताव छिटै मन्त्रिपरिषद्मा पठाइने बताए। जनसंख्या, आम्दानी र भौतिक पूर्वाधारसम्बन्धी न्यूनतम मापदण्ड पूरा भएपछि नगरपालिका घोषणा गर्नसकिने व्यवस्था छ। नगरपालिका घोषणाका लागि न्यूनतम जनसंख्या पहाड र हिमालका लागि १० हजार र तराईका लागि २० हजार हुनुपर्ने, यातायात सञ्चार, बिजुली, खानेपानीलगायतका आधारभूत भौतिक पूर्वाधार उपलब्ध हुनुपर्ने र वार्षिक आम्दानी हिमाल र पहाडका लागि पाँच लाख र तराईका लागि ५० लाख हुनुपर्ने व्यवस्था छ । २०५८ सालको जनगणना अनुसार तम्घासको कुल जनसंख्या १०,६८० रहेको छ । नगरपालिका व्यवस्थापनप्रमुख रहेका गौतमले भने, 'विसं २०५९ मा नगरक्षेत्र निर्धारण सिफारिस समितिले तम्घासलाई नगरपालिका घोषणा गर्न सिफारिस गरे पनि आन्तरिक एवं प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।' यसैगरी तम्घासका आलावा सरकारले अन्य ४० वटा नगरपालिका घोषणा गर्न लागेको छ। हाल नेपालमा एक महानगरपालिका, चार उपमहानगरपालिकासहित ५८ वटा नगरपालिका छन्। प्रस्तावित थप नगरपालिका घोषणा भएमा नगरपालिकाको संख्या ९९ पुग्नेछ। नगरपालिकाका लागि सिफारिस गरिएका अन्य गाविसमा ताप्लेजुङको ताप्लेजुङ, पाँचथरको फिदिम, झापाको बिर्तामोड, मोरङको उर्लाबारी, तेह्रथुमको म्याङ्लुङ, भोजपुरको भोजपुर, खोटाङको दिक्तेल, उदयपुरको कटारी, सप्तरीका मोहनपुर-कल्याणपुर र कञ्चनपुर-रूपनगर छन्। समितिले सिराहाको रामनगर-मिर्चैया, धनुषाका धनुषाधाम र सखुवा-महेन्द्रनगर, महोत्तरीको निगौल-गौशाला, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर, बाराको जितपुर-सिमरा, रामेछापको मन्थली, सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पाँचखाल, काठमाडौंको शंखरापुर (साँखु), ललितपुरका कार्यविनायक र चम्पापुर तथा धादिङको नीलकण्ठ गाविसलाई पनि नगरपालिका घोषणा गर्न प्रस्ताव गरेको छ। त्यस्तै, लमजुङको लमजुङ, तनहुँका बन्दीपुर र खैरेनीटार-दुलेगौंडा, पर्वतको कुश्‍मा, म्याग्दीको बेनी, अघार्खाँचीको सन्धिखर्क, नवलपरासीका गैंडाकोट र सुनवल, प्युठानको प्युठान, सल्यानको सल्यान, बाँकेको कोहलपुर, अछामको मंगलसेन र साँफेबगर, बर्दियाको राजापुर, बझाङको बझाङ-चैनपुर र जुम्लाको चन्दननाथ गाविसलाई पनि नगरपालिका घोषणा गर्न सिफारिस गरिएको छ।
फोटो: यदुनाथ ज्ञवाली

Tags:

4 comments

  1. sanju ji khausiko kuraa la.. aba ta hamro jillama pani nagarapaalika hune bhayo haina ta?
    janakariko lagi dhanyabaada ...

    ReplyDelete
  2. Congrats Tamghas.......its really good to hear such a good news......

    ReplyDelete
  3. एकदमै खुशी लाग्यो यो खबर सुन्दा तर नगरपालिका बनाउनु मात्र ठुलो कुरा होइन अब तम्घास नगरपालिकाले स्थानिय उत्पादनको प्रब्रद्दन गरी शिक्षा,स्वास्थ्य, सुचना-सन्चार र यातायात लगायत अन्य सबै क्षेत्रको बिकासमा ध्यान पुर्‍याउनु जरुरी छ ।

    ReplyDelete
  4. सञ्जु जी!!!

    तम्घास बजार नगरपालिका मा परिणत हुने कुराले सम्पुर्ण गुल्मेलीको लागी खुशीको कुरा हो। यस भावी नगरपालिकाले स्थानीयबासीहरूलाइ उच्चस्तरको सहुलियत, सुविधा र उच्चस्तरिय सुरक्षा प्रदान यहि छ कामना।।

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग