Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आउने भई "गाजली"

Published on 2:16:00 AM //

घनश्याम गौतम 

 कुमाल र माझी जाती भनेका को र कहाँ बस्छन - उनीहरूको रहनसहन र अवस्था कस्तो छ - यसै विषयमा केन्द्रित रहेर कुमाल, माझी र जिल्लाका सिमान्तकृत जातीहरूको विवरण समेतटेर लघु चलचित्र गाजली तयार हुने भएको छ । गुल्मी जिल्लाका विभिन्न खोला किनारहरूमा अत्यन्तै विपन्न र दयनिय अवस्थामा बसोबास गरेर कष्टकर जिवन यापन गरिरहेका कुमाल, माझी र सिमान्तकृत जातीहरूलाई समेटेर मेरिना सिने मेकर्स प्रा.लि.ले गाजलीको निर्माण गर्न लागेको हो । गाजलीको शनिवार तम्घास स्थित भगवती मन्दिरमा छायाङ्कन गरेर शुभ मुर्हुत गरिएको छ । जिल्लाकै तुराङ  गाविसमा जन्मेका कलाकार मणिराज अर्याललको लेखन, सन्तोष ढकालको निर्देशन, श्रीकृष्ण फुयालको छायाङ्कन र मिनप्रसाद श्रेष्ठको निर्माणमा गाजली तयार हुनेछ ।

गाजलीमा जिल्लाका बम्घा, बलिथुम, अमरपुर लगायतका गाविसमा रहेका कुमाल र माझी समुदायहरू पहिलो प्राथमिकतामा परेका छन् । उनीहरूको रहनसहन निकै कष्टपूर्ण छ’-चलचित्रका लेखक अर्यालले भने-उनीहरूको सचित्र वर्ण चलचित्रले गर्नेछ ।’ जिल्लाका विभिन्न गाविसमा गरी झण्डै १ हजार ५ सय माझी र कुमाल समुदाय छन् । उनीहरू निकै विपन्न परिवार मध्येमा पर्दछन् ।

एक परिवारमा १६ जनासम्म बालबालिका हुने र उनीहरूलाई दिनभरको कमाईले पनि विहान साँझ छाक र्टार्न मुस्किल हुने गर्दछ । आफ्नो  जग्गा जमिन केही नभएका माझी र कुमाल समुदायले दिनहुँ ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका छन् । सिमान्तकृत समुदायको रहनसहन, अशिक्षा, संस्कृती तथा बालबिवाह पनि चलचित्रमा समेटिने छ ।’-लेखक अर्यालले भने । जिल्लाका कुमाल र माझी समुदायमा आर्थिक अभावका कारण अधिकांश बालबालिका पर्ढाईबाट बञ्चित छन् भने बालिकाहरूको १२/१३ वर्षो उमेरमै विवाह गरिदिने चलन छ । लेखक अर्याल कुमाल समुदायलाई निकै नजिकबाट नियालेका कलाकार हुन् । चलचित्रमा समिक्षा पन्थी र सरोज शाक्यले कलाकारको भुमिका निभाउने छन् । लघु चलचित्र गाजलीको तम्घास गाविसका पूर्व अध्यक्ष भुवन श्रेष्ठले क्ल्याप गरेर उद्घाटन गरेका थिए ।

Tags:

3 comments

  1. खुशीको खबर सुनाउनु भयो, सन्जु जी कस्तो दयनिय छ है कुमाल र माझिहरुको स्थिती ? म पनि पर्खदै छु गाजलीलाई, साच्ची कस्ती होली "गाजली" ?

    ReplyDelete
  2. wow.. sanju ji really good news thnx.....ani hamile kahile herne ta "gajali"

    ReplyDelete
  3. Sarai Khusi lagyo gulmi mai GAJALi Banne bhanne khabr pauda aas rakheko chhu GAJALI pakkai ramrai bhanne chha hoina ra sanju...

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग