Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुल जिर्ण भयो, कस्ले ध्यान दिने?

Published on 3:12:00 AM //

सुरेन्द्र गौडेल
गुल्मी र स्याङ्जा जोड्न मिर्मिस्थित कालिगण्डकीमा बनाइएको पुल जीण भइसक्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। स्याङ्जा जिल्लाको श्रीकृष्णगण्डकी-९, मिर्मीस्थित कालीगण्डकी नदीमा रहेको सो पुल जीण भएको तीन वर्षबितिसक्दा पनि सम्बन्धित निकायबाट मर्मत-सम्भारको पहल हुन नसक्दा भत्कने सम्भावना बढेर गएको छ।
तत्कालीन अवस्थामा कालीगण्डकी ँए’ जलविद्युत् परियोजना निर्माण गर्नका लागि निर्माण सामग्री ढुंगा, गिटी, बालुवा ढुवानीको निम्ति उक्त पुल निर्माण गरिएको थियो। सो पुलबाट गुल्मी जिल्लाको २५ गाविस लाभान्वित हुँदै आएका छन्। परियोजनाको बाँधभन्दा करिब २ सय मिटर तल निर्माण गरिएको पुल कालीगण्डकीको पानीको बहावका कारण पिलर कटान गर्दै जान थालेपछि भत्कने सम्भावना पनि बढेको छ। उता कालीगण्डकीले ड्यामको भाग पनि कटान गर्न थालेको छ, जसले गर्दा बाँधको भविष्य पनि खतरामा परेको छ।
पूल मर्मत गर्नका लागि गुल्मी हर्मीचौरका बासिन्दाहरूले दुइ वर्षगाडिदेखि नेपाल सरकार तथा विद्युत् प्राधिकरणलाई पटक-पटक अनुरोध गर्दै आएका छन्। उनीहरू भन्छन्- ँपुलभन्दा तलबाट पर्खाल उर्ठाई पानीको बहाव रोक्न सके पुल मात्र नभई बाँधको पनि संरक्षण हुनेछ।’ दैनिक ४० देखि ५० यात्रुवाहक तथा मालवाहक सवारीसाधन ओहोरदोहोर गर्ने उक्त पुलको विकल्प नभएकाले स्थानीय बासिन्दा चिन्तित हुन थालेको हर्मीचौरका निवर्तमान गाविस अध्यक्ष झविलाल पाण्डेले बताउनुभयो।

Tags:

3 comments

  1. धन्याबाद गुल्मि दर्सन का सहयातृ लाइ यो समाचार प्रकासित गर्नु भए को मा
    साथै सुरेन्द्र जि लाइ पनि

    हाम्रा श्री झबिलाल पान्डे पान्डे जि ले फोन मार्फत अबगत गराइ सचेत रहि सरकार लाइ अबगत गराउनु परछ् भन्नु भए को मा न भत्कदै सचेत रहे मा मात्र यो सम्भब हुन्छ भत्कि सके पछि धैत्तेरि भत्केछ् नि भनि केहि हुदैन तेसैले सबैले यो पुल् को लगि आबाज उठाउनु नै पर्ने हुन्छ

    छबिलाल न्यौपाने
    गुल्मि अर्बेनि ७ पर्बते डाडा

    साउदि अरब बाट

    ReplyDelete
  2. स्थानिय निकाय के हेरेर बसेको छ त ?

    ReplyDelete
  3. त्यही त आकार जी, कस्तो निरिह बनेर हेरी मात्र रहेको छ स्थानिय निकाय । आखिर कहिले सम्म रहने हो उस्को मौनता ??

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग