Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा एकल चित्रकला प्रदशनी सम्पन्न

Published on 11:26:00 AM //

Gulmi Darshan

जनबिकास युवा परिवार गुल्मीको वार्षिकओत्सवको अवसरमा गुल्मी जिल्लाको बलिथुममा एकल चित्रकला प्रदशनी सम्पन्न भएको छ । एकल चित्रकला प्रदसानीको अवसरमा स्थानीय स्रस्टा जिवित खड्काले कोरेका बिभिन्न दुइदर्जन भन्दा बढी चित्रहरु प्रदशनीमा राखिएका थिए । दुई हजार देखी पन्ध्र हजार रुपैया सम्म मुल्य पर्ने ती चित्रहरु बिक्रिका लागी नभै आफ्नो प्रतिभा चिनाउन राखिएको सर्जक खड्काले बताए । बिभिन्न आकारमा कोरिएका ती चित्रहरु डिटेल पेन्टिङ, नाईफ पेन्टिङ र प्याक्वर्क पेन्टिङ गरी तीन प्रकारका पेन्टिङहरु प्रदशनीमा राखिएका थिए । तीन बर्षादेखी साउदी अरेबियामा त्यही पेशा अगाल्दै आएका खड्काले यो पेशालाई आफुले बचाइराख्ने बताए ।
सभार: एभिन्युज टिभी

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग