Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति समिति पुनः गठन

Published on 2:37:00 PM //

हीरा कुँवर
गुल्मी जिल्लामा ०६५ फागुन २१ गते स्थानीय शान्ति समिति पुनः गठन भएको छ । समितिको कार्य क्षेत्रगत र्सतहरू '०६५' अनुरूप जिल्लामा शान्ति समितिको पुनः गठन भएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे र समितिका पूर्व अध्यक्ष कमलराज श्रेष्ठको उपस्थितिमा सम्पन्न एक सर्वपक्षीय भेलाले १९ सदस्यीय नयाँ समितिको चयन गरेको छ । अमृता कुँवरको संयोजकत्वमा फागुन २६ गते पुनः बैठक बस्ने गरी समिति चयन गरेको छ । भेलामा वोल्दै पूर्व समितिका अध्यक्ष श्रेष्ठले अबका दिनमा शान्ति स्थापना र द्वन्द्व पीडितको कामलाई पहिलो प्राथमिकता दिने बताए । जिल्लामा केही समय यता समितिको पुनः गठन हुन नसक्दा द्वन्द्व पीडितहरूले प्राप्त गर्ने राहत रकम समेत पाउँन सकेको छैन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग