Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पूर्तिघाट पुगेको टोली लखेटियो

Published on 12:16:00 AM //

संविधानका लागि सुझाव संकलन गर्न बुधवार निर्वाचन क्षेत्र नं. १ को पूर्तिघाटमा पुगेको कुलप्रसाद नेपाल, रेणु दाहाल, ओनसरी र्घर्ती र दामोदर चौधरीको टोलीलाई स्थानीय राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले लखेटेका छन् ।
जिल्लाका तिन वटै क्षेत्रमा खटिएका टोलीहरू रित्तो हात विहिवार सदरमुकाम र्फकदै छन् । सुझाव संकलनका लागि समय कम दिएको, औपचारिकतामा मात्र सिमित गराउन खोजेको र संघियतालाई प्राथमिकता दिएर देश टुक्र्याउन खोजेको भन्दै जनमोर्चाका कार्यकर्ताहरूले टोललाई पूर्तिघाटबाट धपाएको सुझाव दिन भुतुङ गाविसबाट पूर्तिघाटमा पुगेका सुदिन श्रेष्ठले बताए । उनका अनुसार जनमोर्चाका कार्यकर्ताका माग सभासदहरूले कापीमा टिप्ने प्रयास गरेपछि कार्यकर्ताहरू थप आक्रोसित भएका थिए ।
त्यस क्षेत्रका झण्डै ९ गाविसका लागि सुझाव संकलन गर्न तय गरिएको पूर्तिघाटमा झण्डै ३ सय र्सवसारधण उपस्थित थिए । तर त्यस क्षेत्रका गाविस सचिवहरू समेत उपस्थित नभएकाले टोलीले सिमित स्थानीयलाई प्रश्नावली वितरण गरेर टोली स्याङ्जाको मिर्मि हुँदै सदरमुकाम तम्घासका लागि फर्केको श्रेष्ठले बताए । 'अन्य गाविसका जनता त सुझाव दिन छुटे नै’-श्रेष्ठले भने- 'यहाँ ल्याइएका तिन सय बढी प्रश्नावलीका फाइल पूर्तिघाट बजारमै अलपत्र परेका छन् ।’ गाविस सचिव र प्रश्नावली जिम्मा लिने व्यक्ति अभावमा ती फाइल अलपत्र परेका छन ।
स्रोत: नयाँभावना दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग