Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत सुचारू गर्न माग गर्दै ज्ञापन पत्र

Published on 1:48:00 PM //

लोडसेडिङ नभएको बेला पनि पटक पटक बिजुली जाने समस्या समाधान नभएपछि उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघले नेपाल विद्युत प्राधिकरणमा एक हप्ते म्याद सहितको ज्ञापन पत्र बुझाएको छ ।  
दैनिक १६ घण्टाको लोड सेडिङको मार खेप्दै आएका गुल्मी जिल्लाका विद्युत उपभोक्ताले झण्डै दुइ साता देखि दैनिक पटक पटक विद्युत जाने समस्या भोग्दै आएका छन् । बिद्युत सुचारू नहुँदा यहाँका उद्योगी, व्यवसायी, साइवर संचालक, संचार संस्थाहरू, संचारकर्मीहरू प्रभावित भएका छन् । र्सवसाधरणको जनजीवन समेत अस्तव्यस्त भएको छ । पत्रकार महासंघका अध्यक्ष जनार्दन घिमिरे र उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षरीत ज्ञापन पत्रमा एक साता भित्र विद्युत नियमित सुचारू नगरिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उद्योग, व्यापार, व्यवसाय, गृहणी सबै बन्द भएका छन् ।’-वाणिज्य संघका अध्यक्ष श्रेष्ठले भने-लोड सेडिङ नभएका बेला बिद्युत सुचारू गर्नुपर्ने हाम्रो माग हो ।’
नेपाल विद्युत प्राधिकरणका प्रमुख शिवप्रसाद पाण्डेले भने यस जिल्लाबाट अर्घाखाँचीमा समेत वितरण गर्नु पर्ने र लामो प्रशारण लाइन भएकाले समस्या आउने गरेको बताए । आफ्नो क्षेत्रबाट हुन सक्ने प्रयास मैले गर्नेछु ।’- ज्ञापन पत्र बुझ्दै पाण्डेले भने ।

सभार: नयाँभावना दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग