Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२१ हजार क्षतिपूर्ति

Published on 1:52:00 PM //

Gulmi Darshan

मदिरा सेवन गरेर माइक्रोबस तोडफोड गर्ने छ जना युवालाई स्थानीय बासिन्दाले २१ हजार क्षतिपूर्ति गराएका छन् । काठमाडौंबाट तम्घास आउँदै गरेको बा२ख १२३५ को माइक्रोबस सोमबार साँझ हर्दिनेटा-६ स्यालगैरामा मदिरा सेवन गरेका युवाले रोकेर तोडफोड गरेका हुन् । उनीहरूले माइक्रो सवार एक यात्रुबाट ५ सय नगदसमेत लुटेका थिए । नेपाल माइक्रो व्यवसायी संघका प्रतिनिधि, पीडित, स्थानीय समाजसेवीले संलग्न युवाका परीवारसहितको छलफलमा उनीहरूबाट क्षतिपूर्ति गराएको श्रृङ्गा प्रहरी चौकीले जनाएको छ । साभार: कान्तिपुर दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग