Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जुवाडे र जँड्याहालाई महिलाले तह लगाउने

Published on 10:11:00 PM //

गगनशिला खड्का
मदिरा सेवन गर्ने र जुवातास खेल्नेलाई धुर्कोट रजस्थलका महिलाले तह लगाउने भएका छन् । उनीहरूले जुवातास खेल्ने, मदिरा सेवन र बिक्रीवितरण गनेविरुद्ध कारबाहीको घोषणा गरेका छन् । महिलाको सामूहिक भेलाले धुर्कोट रजस्थललाई मदिरा निषेधित गाविस घोषणा गरी शनिबारदेखि चरणबद्ध रूपमा कारबाहीको घोषणा गरेका हुन् । महिलाले जँड्याहा र जुवाडेलाई पहिलोपटक जरिवाना गर्ने, दोस्रोपटक आफैं कारबाही गर्ने र तेस्रोपटक प्रहरीको जिम्मा लगाउने निर्णय गरेका छन् ।उनीहरूले शान्ता पाण्डेको अध्यक्षतामा मदिरा निषेध समितिसमेत गठन गरेका छन् । त्यस क्षेत्रमा पुरुषहरू दिनभर जुवातास र भट्टी पसलमा मात्र व्यस्त भएपछि यस्तो अभियान थालिएको अध्यक्ष पाण्डेले बताइन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग