Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहकारी पसललाई ६८ आवेदन

Published on 12:43:00 AM //

सरकारले ल्याएको गाउँमा सहकारी पसल खोल्ने कार्यक्रमका लागि जिल्लामा ६८ सहकारी संस्थाले निवेदन दिएकाछन् । ७९ गाविसमध्ये ५७ गाविसबाट निवेदन आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । एक गाविसमा एक सहकारी संस्थालाई सस्तो पसल सञ्चालन गर्नका लागि १ लाख रुपैयाँसम्म अनुदान दिने घोषणा सरकारले गरेको छ । त्यसका लागि गाविसमा दर्ता भएर सञ्चालनमा रहेका उपभोक्ता सहकारी पहिलो प्राथमिकतामा परेका छन् । त्यस्तै बहुउद्देश्यी सहकारीहरू दोस्रो र दुवै नभएमा बचत तथा ऋण सहकारीले रकम पाउनेछन् ।
निवेदन दिएकामध्ये सरकारी प्रक्रिया पुर्‍याएर २२ वटाले उपभोक्ता सहकारी दर्ता गरेर अनुदान रकम माग गरेका छन् । त्यस्तै २३ वटा बहुउद्देश्यीय संस्थाले माग गरेका छन् भने अन्य बचत तथा ऋण सहकारी छन् ।
बहुउद्देश्यीय सहकारीहरूले भने ग्यास, चिनी, रासायनिक मललगायत खरिद बिक्रीका लागि पनि माग गरेका छन् । जिल्लामा सहकारी कार्यालय नभएका कारण सरकारले कृषि विकास कार्यालयलाई निवेदन दर्ता गर्ने जिम्मा दिएको थियो ।
स्रोत: कान्तिपुर दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग