Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

करेन्ट लगाएर माछा मार्ने क्रम बढ्दो

Published on 10:07:00 PM //

Gulmi Darshan
गुल्मीका खोलाहरूमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ । स्थानीय प्रशासनको यसतर्फ नियन्त्रण प्रयास नहुँदा स्थानीय हुग्दिखोला, बडिघाट लगायत खोलामा करेन्ट लगाएर माछा मार्ने पेसेवर बढेका हुन् । करेन्ट लगाएर माछा मार्दा दुःख नगरी धेरै परिमाणमा संकलन गर्न सकिने भएकाले स्थानीय युवा यसमा लागेका हुन् । स्थानीय बासिन्दाका अनुसार दैनिक जेनेरेटर र ब्याट्री बोकेर माछा मार्ने युवाको दर्जनौं समूह खोलामा देखिन्छन् । प्रत्येक समूहमा ५ देखि १० युवा संलग्न हुने स्थानीय एक व्यक्तिले बताए । करेन्टबाट एक समूहले दैनिक सय केजीसम्म माछा मार्ने गरेको बासिन्दाको ठम्याइ छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग