Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कफी किसानलाई कोरियाबाट मद्दत

Published on 2:51:00 AM //

घनश्याम गौतम
कृषकलाई दिइने सहयोग के-के होलान् ? बीउबिजन ? मलखाद ? कि अनुुदान ? यस्तै ठम्याइ हो भने तपाईं गलत हुुनुु भो । किनकि यहाँका करिब तीन सय परिवार कृषकले छोराछोरीलाई पढाउने खर्च सहयोग पाउने भएका छन् ।
उनीहरूलाई कफी खेतीमा प्रोत्साहन गराउन अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्दै आएका कोरियास्थित दुुई संस्थाले उनीहरूका छोराछोरीको शैक्ष्ािक खर्च बेहोर्ने भएको हो । यहाँको अर्गानिक कफी उत्कृष्ट बन्दै गएपछि कोरियाको ब्युुटिप'mुल स्टोर र फेयर ट्रेड टिमले यस्तो सहयोग दिएका हुुन् ।
पढाइ खर्च उपलब्ध गराउनेबारे जिल्ला सहकारी संघ र ब्युुटिप'mुल स्टोरबीच सम्झौता भएको छ । कोरियामा कफी बिक्रीको आम्दानीबाट बचेको रकम उनीहरूकै छोराछोरीको शिक्षामा लगानी गर्न लागिएको संस्थाका प्रमुुख छुुङ्ग सियोप सिनले बताए । 'यो सहयोग कृषकलाई थप उत्साहित बनाउन हो,' उनले भने । पोसाक र स्टेसनरीलगायत सबै खर्च बेहोरिने जिल्ला सहकारी संघका प्रबन्धक युुवराज आचार्यले बताए । 'पहिलो चरणमा प्रतिविद्यार्थी झन्डै ४ हजारका दरले सहयोग दिइने छ,' उनले भने । प्रत्येक वर्ष कृषककै घर आँगनमा पुुगेर कफीको उत्पादन निरीक्षण गर्ने र कृषकका समस्या बुुझ्ने गरेका उनीहरूले यस वर्षदेखि सहयोग उपलब्ध गराउने निर्णय गरेका हुुन् । ती दुुई संस्थाले प्रत्येक वर्ष यहाँको सहकारीमार्फत १५ देखि २० टन कफी जापान र कोरियाको बजारमा पुुर्‍याउँदै आएका छन् । उनीहरूले ग्रामीण क्ष्ाेत्रमा उत्पादन भएको कफी ढुुवानीका लागि एक सवारी साधन पनि उपलब्ध गराउने जनाएका छन् ।
जिल्लामा ३ हजार कफी कृषक छन् । कफीको व्यावसायिक खेती गर्ने कृषकको संख्या बढ्दो छ । रासायनिक मलबिना जैविक मल प्रयोग गरेर उत्पादन गरिने भएकाले यहाँको कफी विदेशमा बढी लोकपि्रय बन्दै गएको हो । अर्गानिक कफीसँगै यहाँ उत्पादित अदुुवा, जिरा, धनिया, बेसार, खुुर्सानीलगायतका मसलाजन्य वस्तुुसमेत जापान निर्यात हुुन थालेका छन् ।
जैविक कफी उत्पादन गरेको भन्दै संघलाई अस्टे्रलियाको प्राङ्गारिक प्रमाणीकरण निकाय -नासा) ले जैविक प्रमाणीकरणको मान्यतासमेत दिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग