Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस र माओवादीबीच सहमति, खुल्यो गुल्मी

Published on 1:56:00 PM //

Gulmi Darshan

नेपाली कांग्रेस र एकिकृत नेकपा माओवादी बिचको चार दिन देखिको यहाँको तनाव मंगलबारबाट सकिएको छ । दुवै दलबिच सोमबार राती सम्पन्न बार्ताले छ बुँदे सहमती गर्दै सबै तनावको अन्त्य गरेको हो ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर नेपाल विद्यार्थी संघ, अनेरास्ववियू क्रान्तिकारी, वाईसिएल बिच द्वन्द्व बढ्दै गएपछि तिनवटै संगठनले विज्ञप्ती जारी गर्दै आन्दोलनका घोषणा गरेका थिए । वाईसिएलले ७९ वटै गाविसमा कांग्रेस कार्यकर्ता विरूद्ध प्रतिरोध अभियान संचालन गर्ने घोषणा गरेको थियो भने नेविसंघले अनिश्चितकालिन जिल्ला बन्द गरेको थियो । सहमति पछि दुवै संगठनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । जिल्लामा मंगलबार देखि यातायात सुचारू भएको छ भने दुइ दिन देखिको बजार बन्द पनि खुलेको छ ।
संगठन बिचको विवाद बढ्दै गएपछि नेविसंघले माओवादी संगठनको एक मोटरर्साईकलमा आगजनी गरेका थिए । दुवै पार्टीबिच नेविसंघका तर्फबाट भएको मोटरर्साईकलको आगजनी र कार्यालय तोडफोडको क्षतिपूर्तिका लागि कांग्रेसले पहल गर्ने र रूरू क्याम्पसको विवाद स्थायी समाधान गर्न घाइते विद्यार्थीहरूलाई उपचारको व्यवस्था एकिकृत नेकपा माओवादीले पहल गर्ने सहमति पछि सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता भएको माओवादी सचिवालय सदस्य भुपाल पोखरेलले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग