Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हत्याको आरोपमा चार व्यक्ति प्रहरी हिरासतमा

Published on 3:46:00 AM //

हीरा कुवँर
अर्जै गाविस-८ निवासी १८ वर्षीया निर्मला विष्टलाई झुण्ड्याएर हत्या गरेको आरोपमा प्रहरीले ०६५ चैत १९ गते सोही ठाउँ बस्ने सुमित्रा विष्ट, टिकाबहादुर विष्ट, महलाल विष्ट र हुमकला सुनारलाई गिरफ्तार गरी हिरासतमा राखेको छ । ०६५ फागुन २७ गते राति घरपरिवारको योजनामा हत्या गरिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा फागुन २८ गते किटानी जाहेरी दिएका हुन् । घटनाका आरोपितहरूलाई अनुसन्धानका लागि २५ दिनको म्याद थप गरेको प्रहरी स्रोतले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग