Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा दुई ब्यक्ति प्रहरी हिरासतमा

Published on 3:50:00 AM //

सिमीचौर गाविस-८ निवासी २६ वर्षीया एक महिलामाथि यौन दुर्व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले ०६५ चैत २० गते सिमीचौर गाविस-१ का खेमराज कुवँर र सोही ठाउँ बस्ने रमेश कुवँरलाई गिरफ्तार गरी हिरासतमा राखेको छ । पीडित महिला चैत २० गते अर्खले गाविस-२ मा रहेको माइतीघरतर्फजाँदै गर्दा सिमीचौर गाविस-१ मोहोराई भन्ने ठाउँको जंगलमा लगी हातपात र दुर्व्यवहारको प्रयास गरेको र आफू गाउँलेको सहयोगबाट छुट्न सफल भएको उनले इन्सेकलाई बताइन् । हातपातको क्रममा आफूसँग भएको आठ हजार नगद र एक तोलाको सुनको सिक्रि समेत लगेको पीडितको आरोप छ । घटनाबाट उनको टाउको र शरीरका विभिन्न भागमा चोटसमेत लागेको छ । हाल जिल्लास्थित मानवअधिकारकर्मीको पहलमा उनको उपचार जिल्ला अस्पताल तम्घासमा भइरहेको छ ।
स्रोत: ईन्सेक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग