Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नौ विद्युत् योजनामा सम्झौता

Published on 3:07:00 AM //

Gulmi Darshan

विभिन्न चार जिल्लाका नौ लघुजलविद्युत् आयोजना विस्तारका लागि स्थानीय उपभोक्ता र ऊर्जासम्बन्धी सहयोगी संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता भएका आयोजनामा गुल्मीको वामिटक्सारस्थित १ सय १६ किलोवाटको परोपकार सहकारी लघुजलविद्युत्, ९८ किलोवाटको स्याङ्जाको पुतपुते, ३६ किलोवाट क्षमताको अर्घाखाँचीको खिलु लेवासे छन् । त्यसैगरी अर्घाखाँचीको फेदीखोला, पाल्पाको छतिवन खोला, सिविखोला, गुल्मीको डाँडाखेत निस्ती, भ्यागुते निस्ती र डडुवाघाट निस्दी छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा क्ष्ाेत्र सहयोग कार्यक्रम, क्ष्ाेत्रीय नवकिरणीय ऊर्जा सेवा केन्द्र रेडा र उपभोक्ताबीच ती योजना सञ्चालन गर्नेबारे सम्झौता भएको हो । सम्झौतापत्रमा रेडा पाल्पाका लीलाबहादुर कार्की र उपभोक्ता समितिका अध्यक्षबीच हस्ताक्ष्ार भएको छ । सम्झौतामा कुलो निर्माण, पोलको कामलगायतका उपभोक्ताले गर्ने समितिका पदाधिकारीले बताए ।
स्रोत: कान्तिपुर दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग