Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोकतन्त्र दिवसमा भएन नागरिक उत्साह खाली सडकमा सवा घण्टा नेताको भाषण

Published on 2:13:00 PM //

घनश्याम गौतम
ठिक तिन वर्षअगाडी अर्थात २०६३ बैशाख ११ गते आजकै दिन । यहाँको चिदिचौर र्सवसाधरणले भरी भराउ थियो । अशान्तिको अन्त्य र शान्तिको स्थापना हुने आशाको दिन । र्सवसाधरण शान्ति र लोकतन्त्र आएको खुशीयालीमा गाउँ गाउँबाट तम्घास ओइरिएका थिए । चिदिचौरमा विभिन्न ब्यानर र पञ्चेबाजा सहित २० हजार भन्दा बढी मानिस चिदिचौरमा थिए ।
ठिक त्यसको तिन वर्षपछि अर्थात २०६६ बैशाख ११ गते भने तम्घास सुनसान थियो । धेरै र्सवसाधरणले राजाले आफ्नो निशंकुश सत्ता पुनः जनताकै हातमा सुम्पेको दिनलाई चटक्कै बिर्सेका थिए । लोकतन्त्र दिवस भब्यताका साथ मनाउन राजनीतिक दलहरूले जिविसमा बसेर निर्ण्र्गरे । जिविसले त्यसको संयोजन गर्दै आयोजक बन्यो । तर नेता र कर्मचारीले तम्घासकै लाँकुरी मञ्चमा एक जनापनि र्सवसारधण नआएपछि सवा १ घण्टा लामो भाषण रित्तो सडकलाई सुनाएरै कार्यक्रम सम्पन्न भयो । किन त - मञ्च भन्दा पारीपट्टी बसेर नेताका भाषण सुनिरहेका तम्घासकै लोकनाथ पाण्डेले दलहरूप्रति जनताको आस्था घटेकाले यस्तो भएको बताए । 'दलहरूप्रति जनताको वितिष्णा बढेको छ ।’- 'उनले थपे- 'दिनहुँको बन्द, हड्ताल, हत्या, त्रास कायमरहेपछि दिवस मनाएर पो के हुन्छ र भन्ने भावना जनतामा बढेको छ ।’ शुक्रवार विहान ८ः३० बजे शुरू भएको नेताहरूको भाषणमा पनि त्यस्तै भाव व्यक्त भैरहेको थियो ।
मञ्चमा जिल्लाका राप्रपा सहितका मुख्य क्रियाशिल दलहरू, पत्रकार, नागरिक समाज, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख कर्मचारी लगायत थिए । उनीहरू पालैपालो भाषण गर्दै थिए । तलपट्टी खाली सडकको छेउमा केही प्रहरीहरू, जिल्ला खेलकुद विकास समितिमा कराँते सिक्दै गरेका १०/१५ जना प्रशिक्षार्थी, प्रहरी र कर्मचारी गरी झण्डै ४० जना वाहेक र्सवसाधरण एक जना पनि उपस्थित थिएनन् । सधैको कार्यक्रम हुने स्थान लाँकुरी मञ्चमा लोकतन्त्र दिवसको दिन भन्ने दुर्भाग्य नै भयो । संयोग नै मान्नुपर्छ, त्यही बाटो भएर हिड्दा सधै उभिएर भाषण सुन्ने वा कार्यक्रम हेर्नेहरू पनि कोही रोकिएर नेताका भाषण सुनिदिएनन् ।
सवा १ घण्टा खाली सडकमा भाषण गर्ने क्रममा कुनै पनि नेताहरूले लोकतन्त्र दिवस मनाउन र्सवसाधरणहरू किन उपस्थित भएनन भन्ने बारेमा भने कसैले पनि ध्यान पुर्‍याएनन् । सबैले खाली आफ्ना कुरा मात्र बोलिरहे । नेतालाई सुन्ने मान्छे चाहिने नै रहेनछ’-जिल्ला प्रशासनको पर्खाल छेउमा उभिएका एक कर्मचारीले भने । कार्यक्रममा पत्रकारका सभापति जनार्दन घिमिरे, राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी टेकबिरजंग रायमाझी, जिल्ला न्यायधिश माधवप्रसाद पोखरेल लगायतले दिवसका बारेमा बोलेका थिए । भाषण अगाडी तम्घास बजारमा सानै संख्यामा भएपनि प्रभात फेरी गरिएको थियो ।
झण्डा ढल्यो
नेताहरूले मञ्चमा भाषण गरिरहेकै बेला फलामको पाइपमा राखेर ठड्याइएको राष्ट्रिय झण्डा मञ्च अगाडी नै ढलेको थियो । नेपाली कांग्रेसका सभापतिले भाषण गरिरहेका बेला ढलेको झण्डा उठाउने समेत एकै छिन कोही भएन । कोही नभएपछि राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले झण्डा उठाएका थिए ।
महिलाहरू सरसफाईमा
लोकतन्त्र दिवसको अवसरमा सदरमुकाम सरसफाई गर्न जिविसले गरेको पत्राचारलाई स्वीकार गर्दै केही महिलाहरू भने सडक र नाली सरसफाईमा जुटेका थिए । तर ति महिलाहरू पनि भाषण सुन्न भने आएनन् । तर लोकतन्त्र दिवसको अवसरमा मञ्चमा महिलाहरूलाई नबोलाएर अपमान गरिएको गुनासो भने महिलाहरूले कार्यक्रम सकिए लगत्तै प्रमुख जिल्ला अधिकारी समक्ष गरेका थिए ।
साँझ भोज
जिविसको आर्थिक सहयोगमा लोकतन्त्र दिवसकै अवसरमा शुक्रवार साँझ भने भोजको आयोजना गरिएको थियो । लोकतन्त्र दिवसको अघिल्लो दिन भएको कर्मचारी र राजनीतिक दल बिचको मैत्रीपुर्ण फुटवल प्रतियोगितामा बिजयी भएका राजनीतिक दलहरूलाई दिइएको १५ हजार रकमले साँझ भोजको आयोजना गरिएको हो ।


Tags:

4 comments

  1. सर म के भन्न चाहन्छु भने म यो गुल्मी दर्शनको मुख्ये पाठक हुँ एस्बाट पुरा गुल्मीको समाचार खाली एक नम्बर र दुई नम्बरको देखछु तर तेस्मा तीन नम्बर छेत्रको पनि केही मात्रमा लेखी पथएमा म आभारी रहने थिए सर भने मेरु गुनासो छ सर तीन नम्बर मा पुर्तिघात खड्काकोत भुर्तुङ फोक्सिङ क देव्लोप्मेन्त र अरु ताजा खबर हरु सर एस्मा मेरो तर्फबाट केही शाहअयता चहिएमा दिनतयर छु सर

    ReplyDelete
  2. कपिल जी
    कमेन्ट को लागी धेरै धेरै धन्यबाद । साह्रै खुशी लाग्यो गुल्मी दर्शन नियमित हेर्नुभएकोमा । जहाँसम्म एक नम्बर क्षेत्रको मात्र खबर समेटियो भन्ने तपाईंको भनाइ छ तर मलाई त्यस्तो लाग्दैन । यदी तपाईं यस्को नियमित भिजिटर हुनुहुन्छ भने तपाईंलाई थाहा हुनु पर्ने मैले सम्भव भएसम्म सबै क्षेत्रको खबरहरु समेटेको छु र समेट्ने छु पनि । फेरी तपाईंले उल्लेख गर्नुभएका पुर्तिघात, खड्गकोट, भुर्तुङ र फोक्सिङ त क्षेत्र नम्बर एक मै पर्छन नि होइन र? सानो क्षेत्रको त्यती धेरै समाचार हुँदैन तैपनी आफ्नो गाउँ ठाउँ प्रती चासो राख्ने तपाईंहरुलाई अप्डेट गराइराख्न गुल्मी दर्शन सधैं तत्पर छ । यदी तपाईंहरु सँग पनि गुल्मी र गुल्मेली सम्बन्धी केही समाचार तथा तस्बिर छन भने पठाउन सक्नुहुनेछ ।

    ReplyDelete
  3. hello m krish from india my home town is gulmi tamghas miltol. so i wan 2 know about all massage n news about my gulmi can u give some website plzz.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग