Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टावर संचालनमा नआउँदा दुर्गम क्षेत्रका मोवाईलकर्ता समस्यामा

Published on 3:28:00 PM //

Gulmi Darshan
निर्माण सम्पन्न भएपनि टावर संचालन नगर्दा गुल्मीको पश्चिमी क्षेत्रका झण्डै आधा दर्जन गाविसका टेलिकमका ग्राहकहरू समस्यामा परेका छन् । चार महिना अगाडी निर्माण सम्पन्न भएर उद्घाटन समेत भएपछि निकै खर्च गरेर छापहिले, दर्लिङ, नेटा, ह्वाङदी, अर्खाबाङ लगायतका गाविसका झण्डै १ हजार उपभोक्ताले स्काई मोवाईल र सिडिएमए सेट किनेका थिए । तर टावर अहिलेसम्म पनि संचालनमा नआउँदा मोवाईल र सेट प्रयोगकर्ताहरू मारमा परेका हुन् । छापहिले गाविसको रिङको धुरीमा निर्माण गरिएको सिडिएमए र स्काई मोवाईलको ५ सय क्षमताको टावर माघ १० गते सभासद चन्द्रबहादुर थापाले उद्घाटन गरेका थिए । टावर उद्घाटन गरेदेखि अहिलेसम्म पनि संचालनमा नआएको नेटा दर्लिङ माविका प्रधानाध्यापक तेजबहादुर सुनारले बताए । टावर संचालनमा आएको भन्दै उद्घाटन गरेपछि उपभोक्ताहरूले १५ हजार खर्च गरेर मोवाईल र सिडिएमए सेट खरिद गरेका थिए । तर सबैका गोजीमा स्काई मोवाईल र घरघरमा सिडिएमए सेट भएपनि काम नगरेको नेटा दर्लि· माविकै शिक्षक यमप्रसाद अर्यालले बताए । गोजीमा मोवाईल छ, घरमा सिडिएमए सेट छ -अर्यालले भने- तर एक कल फोन गर्न २ घण्टा हिडेर अमर्राई पुग्नुपर्छ । त्यस्तै टेलिकमले सेवा पुर्‍याएका अन्य क्षेत्रका स्काई र सिडिएमए फोनका टावरहरू पनि प्रभावकारी हुन सकेका छैनन् । शान्तिपुर, बम्घा, ठुलोलुम्पेक गाविसमा जडान गरिएका बिटिएसहरू पनि महिनामा २/३ पटक बिग्रने गरेका कारण उपभोक्ता हैरानी बेहोर्न बाध्य छन् । शान्तिपुरमा संचालन भएको बिटिएस फेरी सोमबार दिउसो देखि बन्द भएको छ ।
स्रोत: नयाँभावना दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग