Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेवारीसे बम फेला

Published on 6:02:00 PM //

Gulmi Darshan
गुल्मीको रुपाकोट स्थित खसिमारे भन्ने जंगलमा बेवारीसे बम फेला परेको छ । जंगलमा दाउरा लिना गएको समयमा आफुले बम फेला पारेको जानकारी रुपाकोट एकलेपिपल निवासी कमल सुनारले दिनुभएको छ ।

बेवारीसे बम फेला पारेपछी सो क्षेत्रलाई शान्तिपुर प्रहरी चौकिबाट खटिएको प्रहरिको टोलिले सुरक्षा दिईरहेको जानकारी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्र पालिखेले दिनुभयो । जंगलमा छरिएका बमहरु नष्ट गर्न नेपाली स्नाको ३ नम्बर फिल्ड गुल्मबाट एक डिस्पोजल टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको भैरब प्रशाद गण गुल्मीले जनाएको छ ।

जंगलमा छरिएका बेवारीसे बम खेलाउदा केही दिन पहिला गुल्मीकै दर्लिङ गविसको सानोदहमा दुइजना बालकको मृत्‍यु भएको थियो । युद्दकालिन समयमा माओवादी र नेपाली सेनाले जंगलमा बेवारीसे अवस्थामा छोडेका बिस्फोटक पदार्थहरु नउठाउदा घास दाउरा गर्न र गाईबस्तु चराउन जंगल जाने बिकट क्षेत्रका गाउलेहरु दिन्प्रतिदिन जोखिममा पर्दै आएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग