Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्वजनिक स्थलमा दुई महिलामाथि कुटपिट

Published on 2:33:00 AM //

हिरा कुँवर
सिमिचौर गाविस-९ निवासी २१ वर्षीया पार्वती राना र सोही गाविस-४ निवासी २२ वर्षीया नुमा मरासिनीलाई ०६६ वैशाख २३ गते तम्घास गाविस-६ निवासी भरत पन्थी, सोही ठाउँ बस्ने दीपक मरासिनीले सिमीचौर गाविस-२ मा रहेको किम्पानी भन्ने ठाउँमा हिँड्दै गरेको समयमा बाटोमै कुटपिट गरेका छन् ।
सदरमुकाम तमघासबाट घरतर्फजाँदै गरेको समयमा एक्कासी गाली गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित महिलाहरूले इन्सेकलाई बताए । कुटपिटबाट अनुहारमा चोट लागेका उनीहरूको उपचार जिल्ला अस्पताल गुल्मीमा भएको छ । कुटपिटमा संलग्न दुवैजनाले मदिरा सेवन गरेको स्थानीयवासीले बताए । बाटोमा हिँड्दै गरेका विद्यार्थीले स्थानीयबासीलाई खबर गरेपछि दुई महिला फुत्किन सफल भएका थिए । दुई युवकहरूलाई प्रहरीले वैशाख २३ गते नै नियन्त्रणमा लिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग