Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

करेन्ट लागेर फेरी अर्का एक्जनाको मृत्यु

Published on 1:51:00 AM //

मान ब. थापा / रेशम श्रेष्ठ, दुबई । दिलिप कार्की / साउदी अरेबिया 
करेन्ट लागेर मजुवामा एक प्राविधिकको मृत्‍युको खबर सेलाउन नपाउदै फेरी अर्का एक गुल्मेलीको करेन्ट लागेरै मृत्‍यु भएको खबर आएको छ । गुल्मी जिल्ला, बस्तु गा.बि.स. निवासी २५ बर्षिय अर्जुन पोख्रेलको युइए, दुबई स्थित सतुवामा यही मे ८ तारिकका दिन करेन्ट लागेर आकस्मिक मृत्यु भएको समाचार प्राप्त भएको छ । नेपाली एकता समाजका सदस्य हिमाल भन्डारीले दिएको जानकारी अनुसार मृतक पोख्रेल १४ महिना देखि दुबई को र्साईवावा मन्दिरमा काम गर्दै आएका थिए भने ४ महिना पहिला मात्र बिबाह बन्धनमा बाधिएका र अहिले दुबईमा श्रीमतिका साथमा बस्दै आएका थिए र उनको श्रीमती स्वदेश फर्किसकेकी छिन् भने मृतकको शव पोष्टमार्टमका लागी हस्पिटलमा राखिएको र छिट्टै नेपाल पर्ठाईने जानकारी प्राप्त भएको छ । नेपालको विग्रदो राजनितिक अवस्था र बढ्दो बेरोजगारी को कारणले बिदेशिन बाध्य भएका नेपालीहरुको मृत्यु हुनेक्रम दिन प्रतिदिन बृद्धि हुदै गएको छ । युइए को मुसफामा गगन चौधरी को मृत्य को खवर सेलाउन नपाउदै यो अर्को मृत्युको खवर प्राप्त भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग