Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरनिकाला गर्नेलाई ६० हजार जरिवाना

Published on 2:03:00 PM //

Gulmi Darshan

 परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै विवाहित महिलालाई घर निकाला गर्ने आमा समूहका सदस्यले ६० हजार रुपैयाँ जरिवाना तिरेका छन् ।

सिर्सेनी-८ की २४ वषर्ीय मीना भट्टराईलाई गाविसकै राधाकृष्ण आमा समूहकी अध्यक्ष खिमा खनालसहितले घरनिकाला गरेका थिए । झूटो आरोप लगाएको भन्दै पीडित महिलाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी थिइन् । महिला अधिकारवादीहरूको सहयोगमा उनले आरोपको क्षतिपूर्तिबापत समूहबाट रकम पाएकी हुन् ।

समूहका १० जना मिलेर ६ हजारका दरले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो ।

भट्टराईलाई बुधबारै राधाकृष्ण आमा समूहले कार्यक्रम गरेर आफ्नै घरमा बस्न दिएको छ । मीनाका तीन छोरा छन् । उनका श्रीमान् रोजगारीका लागि मलेसिया गएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग