Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

७० लाख बराबरको सम्पत्ती लुटिएपछी आत्महत्या

Published on 2:12:00 AM //

Gulmi Darshan
रेसुडगा सुनचाँदी पसलका संचालक बावुलाल बिश्कर्माले झुण्डिएर आत्महत्या गरेका छन् । मंगलवार बिहान घरबाट मर्नि· वाक गर्न भनी हिडेका बिश्वकर्माको  बुधवार दिपनगरको जंगलमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । 
गुल्मी तम्घास घर भएका ४२ वषिर्य विश्वकर्माले पत्र लेखी आत्म हत्या गरेका इलाका प्रहरी बुटवलका प्रहरी निरीक्षक जिवलाल चुदालीले बताउनुभयो । नेपाल सुनचा“दी व्यवसायी संघ रुपन्देही बुधबार पत्रकार सम्मेलन गरी आप\mना सदस्य बाबुलाल विश्वकर्माको पसलबाट लुटिएको रकमबारेमा प्रहरीले अनुसन्धान गर्न नसकेको गुनासो गरेको छ । संघले रकम लुटिएपछि पीडित बनेका बाबुलालले आफू गलत नभएको उल्टै प्रहरीले आफूमाथि निगरानी गरेको भन्दै आत्महत्या गरेको घटना स्थलमा लेखिएको पत्रबाट स्पष्ट भएको संघका अध्यक्ष जोगलाल वि.क.ले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । कार्यक्रममा प्रहरी प्रशासनले सुनचाँदी व्यवसायीमाथि परेको पीडा र शान्ति सुरक्षा प्रदान गर्न नसकेको चोरीमा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको विरोधमा आज बुटवल बजार बन्द र जिल्लाका सुनचाँदी पसल बन्द गरी आन्दोलनमा उत्र्ने घोषणा गरेको संघका केन्द्रिय सदस्य प्रेम कुमार सेन्चुरीले बताउनु भयो ।
 यही जेठ ५ गते विश्वकर्माको पसलबाट ७० लाख रूपैयाँ बरावरको नगद गर-गहना सुनचादी चोरी भएको थियो । नेपाल सुनचादी व्यवसायी संघले चोरीको घटनाका दोषी पत्ता लगाई पक्राउ गर्न र पीडितलाई सम्पत्ति फिर्ता दिलाई दिन गृह प्रशासन सँग माग गरिरहेका बेला बिश्वकर्माले आत्महत्या गरेपछि घटना रहस्मय बनेको छ । 

Tags:

1 comment

  1. Good afternoon!
    I am Dilip Karki from saudi arabia. i am very happy for what are you doing. Thank you very much to all of this site management. god bless to all the managemant.

    i kindly apprecate to all for doing this matter.

    Thanks
    Dilip Karki
    Badagaun 9, Gulmi

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग