Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दृष्ट्रिविहिन विद्यार्थीलाई सहयोग

Published on 2:35:00 AM //

काठमाडौंका केही संस्थाले गुल्मीको जनज्योती माध्यामिक विद्यालय रिमुवामा अध्ययनरत दृष्ट्रिविहिन विद्यार्थीलाई सहयोग गरेका छन् ।
विद्यालयमा अध्ययनरत १३ दृष्ट्रिविहिन विद्यार्थीहरुका लागि क्यासेट प्लेयर, कम्बल, स्लेट स्टाइलत, आवाज दिने घडी, लठ्ठी, सामान्य ज्ञान एवं कथाका पुस्तकहरु, ब्रेल डायरी, हस्ताक्षर गाईड, ब्रेल कापी सहित झण्डै ५० हजार मुल्यका सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री खरिदका लागि द रोज इन्टरनेशनल फण्ड फर द चिल्ड्रेन, नेपाल ब्लाइण्ड सपोर्ट एशोसियसन, नेपाल राष्ट्रिय अपा· मानव अधिकार संरक्षण मञ्ज, नेपाल अन्धा कल्याण संघ र दृष्ट्रिविहिन शिक्षिका सीता ज्ञवालीले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
सामाग्री द रोज इन्टरनेशनल फण्ड फर द चिल्ड्रेनको नेपाल प्रतिनिधि निर्मला ज्ञवालीले हस्तान्तरण गरेकी थिइन । ज्ञवालीको सहयोगमा विद्यार्थीहरुलाई खाध्यान्न एवं भान्सकोठामा आवश्यक पर्ने सामाग्री पनि उपलब्ध गराइएको शिक्षक रामहरी पाण्डेले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग