Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पशु जीवन बिमा योजनापछि व्यवसायिक बन्न कृषकहरूमा लहर

Published on 2:41:00 AM //

घनश्याम गौतम
जैसीथोक -गुल्मी)/ आफनै जीवन बिमा नगरेका यहाँको जैसीथोक गाविसका किसानले गोठमा रहेका गाई भैसीको जीवन विमा गरिदिएका छन् । पशुको जीवन विमा पछि गाउँमा पशु पालेर दुग्ध व्यवसाय गर्नेको लहर चलेको छ ।
जिल्ला पुश सेवा कार्यालयको पशु विमा साझेदारी कार्यक्रम अर्न्तगत देविस्थान उन्नत भैसी पालन समुहले गाउँका ६९ वटा गाई भैसीको जीवन विमा गरिसकेको छ । विमाको लागि एसियाली विकास बैंकको सहयोग छ । मेरो विमा गरेर के फाइदा’,जैसीथोक-९ का केशव पोखरेलले भने-भैंसीको बिमा गरेपछि ढुक्कसंग दुधबाट कमाई शुरू हुन्छ ।’
पोखरेल जस्तै गाउँका धेरैले आप\mनो बिमा गरेका छैनन् । तर गोठमा रहेका गाई भैसीको भने सबैको बिमा गरेका छन् । जैसीथोक-७ की ४० वषिर्य सरिता पोखरेललाई त मान्छेको बिमा हुन्छ भन्ने बारेमा जानकारी नै छैन् । हाम्रो पनि बिमा हुन्छ र’, उनले भनिन-गाई भैसी पो मरेमा घाटा पर्छ भनेर बिमा गरेको ।’ उनले सम्झदै भनिन- हाम्रो कति पैसा पर्छ छ -’ पशु बिमा उपसमितिले उत्पादन योग्य पशुको बिमा गर्ने बेलामा पशुको मुल्याङ्कन गर्ने र त्यस अनुसार प्रिमियम तिर्नुपर्ने भएकाले सरितालाई मान्छेको कति मुल्य पर्छ भन्ने उत्सुकता थियो । उनले पशु विमा योजना लागुभएपछि खरीद गरेर पालेको भैसीबाट मासिक १ हजार बढी आम्दानी हुन थालेको बताईन ।
बिमा योजना शुरू भएपनि समितिमा थेग्नै नसक्ने गरी पशु बिमा गरिदिन माग आएको छ । तर समितिले भने अहिले बिमा योजना रोकेको छ । समितिका सचिव विष्णु पोखरेलका अनुसार गाउ भरी पशु विमामा माग बढेको छ । समितिले पशु विमा गर्ने नियमावली छुट्टै बनाएको छ । सचिव पोखरेलका अनुसार शुरूमा गोठमा पुगेर पशुको मुल्याङ्कन गरिन्छ र समितिले गरेको मुल्याङ्कनका आधारमा वाषिर्क ३ प्रतिशतका दरले किसानले प्रिमियम तिर्ने गर्दछ । मुल्याङ्कन गरेको पशु अनुत्पादक भएमा मुल्याङ्कनको ७५ प्रतिशत र उत्पादनशील पशुको मृत्यु नै भएमा ८० प्रतिशत क्षतिपुर्ति समितिले उपलब्ध गराउने पोखरेलले बताए ।
समितिका अध्यक्ष पुणप्रसाद पोखरेलका अनुसार योजना शुरू गरेको १ वर्षा समितिमा झण्डै २ लाख २२ हजार जम्मा भैसकेको छ । जसअनुसार प्रिमियम वापत किसानहरूले २४ हजार संकलन भैसकेको छ । अध्यक्ष पोखरेलले २ वर्षअगाडी गाउमा उत्पादनका लागि ठिक्क परेका दानबहादु पुन र नन्दराम पोखरेलका २ भैसी मरेपछि मर्कामा परेका किसानहरूलाई साहनुभुति दिदै पशु सेवा कार्यालयले बिमा गर्न सकिने बताएपछि आफुहरूमा उत्साह आएको बताए । पशु विमा योजना शुरू भएपछि कृषकहरू व्यवसायीक बनेको पशु सेवा कादुर्यालयका प्रमुख तुल्सीराम भण्डारीले बताए ।
दुध नै नभएको गाउूमा अहिले २ सय लिटरसम्म दुध उत्पादन शुरू भएको छ ।’, प्रमुख भण्डारीले भने । गाउूमा व्यवसायीक कृषक बढेसंगै कार्यालयले दुध डेरी खोल्न सहयोग गर्ने भएकाले किसानहरूमा थप उत्साह बढेको छ । कार्यालयले प्रत्येक वर्षपशु पकेट मानेका गाउँमा डेरी व्यवस्थित गर्नका लागि आवश्यक रकमको ५० प्रतिशतसम्म अनुदान रकम दिदै आएको प्रमुख भण्डारीले बताए । पशु पालन शुरू गरेकै महिना देखि मासिक १ हजार ९ सयको दुध विक्रि गरेको स्थानीय दामोदर पोखरेलले बताए । उनले पनि आफुलाई पशु विमा भएपछि व्यवसायीक बन्न उत्साहित भएको बताए ।
जिल्लामा व्यवसायीक रूपमा गाई भैसी पालेर व्यवसायीक आम्दानी गर्नेको संख्या १ हजार भन्दा बढी रहेको प्रमुख भण्डारीले बताए । अन्य क्षेत्रका कृषकहरू पनि अहिले पशु विमा योजनामा उत्साहित भएर बिनियम बनाउने तयारीमा जुटेका छन् । जिल्लाका १ हजार बढी व्यवसायीक कृषकहरूबाट उत्पादन भएको यहाँको दुध स्थानीय मैत्री दुग्ध प्रशोधन केन्द्रले खरिद गर्ने गरेको छ । जिल्लामा खपत हुन नसकेको दुध सुजल डेरी पोखरामा पठाउने गरिएको केन्द्रका प्रमुख नवराज भुसालले बताए । भुसालका अनुसार जिल्लामा अहिले दैनिक ५ सय लिटरसम्म दुध उत्पादन हुने गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग