Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कफिमा लाग्ने गवारो रोग नियन्त्रणमा जोड

Published on 8:33:00 PM //

कफिमा प्रमुख समस्याका रूपमा देखिएको सेतो गवारो समयमै नियन्त्रण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । कफि व्यवसायी संघ आयोजना गरेको सरोकारवालाहरूको अर्धवाषिर्क परामर्श कार्यक्रममा बोल्दै अधिकांश वक्ता र कृषकहरूले समयमै सेता गवारो नियन्त्रणको समस्या समाधान गर्नु पर्नेमा जोड दिएका थिए । समयमै गवारो नियन्त्रण हुन नसकेमा जिल्लामै कफि खेती लोप हुने कृषकहरूको गुनासो छ ।
कार्यक्रममा कफिमा काम गर्न यहाँ विभिन्न संघ संस्थाहरू क्रियाशिल भएपनि एक आपसमा समन्वय हुन नसक्दा काम प्रभावकारी हुन सकेको थिएन । सरोकारवाहरूले त्यसमा पनि प्रमुख जोड दिएका थिए । बढी कफिमा काम गर्ने संघ संस्थाहरू बिच सहकार्यको आवश्यकता महशुस गरियो’-आयोजक संस्थाका सचिव कृष्ण पन्थले भने, अब सम्बन्धित संस्थाले तिन तिन महिनामा समन्वय बैठक आयोजना गर्ने सहमति भएको छ ।’ त्यस्तै सेतो गवारोका कारण अधिकांश कृषकका कफि बोटहरू सुक्दै गएकोले त्यसको समयमै नियन्त्रण र सरकारी नियकाबाट हुनु पर्ने अनुसन्धानका बारेमा पनि छलफल भएको पन्थले बताए । सेता गवारो नियन्त्रण जिल्लाबाटमात्र सम्भव नभएकाले सरकारी तहबाट यसको पहल हुनुपर्ने कृषि विकास कार्यालयका वागवानी शाखा प्रमुख दोमलाल भुसालले बताए । सरकारी निकायबाटै सेतो गवारो नियन्त्रणका लागि अनुसन्धान जरूरी भएको ठहर पनि कार्यक्रमले गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग