Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धार्मिक वन समुहलाई हस्तान्तरण

Published on 3:45:00 AM //

विश्व वातावरण दिवसको अवसर पारेर वन कार्यालयले यहाँको १ सय ६५ हेक्टर क्षेत्रफलमा फैलिएको प्रसिद्ध रेसुडगा धार्मिक वन शुक्रवार समुहलाई हस्तान्तरण गरेको छ ।
कार्यालयले वन ऐन २०४९ र नियमावली २०५१ अनुसार समुहले नै वनको संरक्षण र उपभोग गर्ने गरी रेसुडगा संरक्षण समितिलाई        हस्तान्तरण गरिएको प्रमुख राजेन्द्रमानसिंह भण्डारीले बताए । धार्मिक र पर्यटकीय स्थलका रूपमा परिचित रेसुडगा क्षेत्रमा २ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको वन भने यस अघि नै कार्यालयले उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो ।
वातावरण दिवसकै अवसर पारेर कार्यालयले तम्घासको खालापाटा महिला सामुदायीक वनमा शुक्रवार बृक्षारोपण समेत गरेको छ । त्यस्तै परिकल्पना पहलले पनि तम्घासमा वातावरणीय चेतना सम्बन्धी जनचेतनामुलक र्‍याली सम्पन्न गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग