Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्राफिक नियम उल्लंघन गर्ने हजार कारवाहीमा

Published on 3:43:00 AM //

ट्राफिक कार्यालयले दश महिनाको अवधिमा सवारी नियम उल्लघंन गर्ने एक हजार छ सय सवारी साधनलाई कारवाही गरेको छ । कारवाहीबाट १ लाख भन्दा बढी राजश्व समेत संकलन गरेको कार्यालयले जनाएको छ ।

विहिवार देखि शुरू भएको ट्राफिक सप्ताहका अवसरमा दिएको जानकारी अनुसार गत आर्थिक वर्षो तुलनामा यस वर्षजिल्लामा दर्ुघटनाका कारण मृत्युहुनेहरूको संख्यामा समेत कमी आएको छ । गत वर्ष३२ सवारी दुघटनामा २२ जनाको मृत्यु भएकोमा यस वर्ष२९ सवारी दुघटनामा ८ जनाको ज्यान गएको कार्यालयका इन्चार्ज डोरबहादुर थापाले बताए । दुइ वर्षअगाडी स्थापना भएको ट्राफिक कार्यालयले अहिलेसम्म ६ हजार २ सय जनालाई ट्राफिक चेतना सम्बन्धि तालिम दिएको छ । 
जिल्लाका ७९ गाविस मध्ये अहिलेपनि ५८ गाविसका सडकमा सवारी साधन संचालन भएको, जिल्लामा दिवा र रात्री गरी ४५ बस, ४० ट्रक, २५    ट्याक्टर, १ सय ५० जिप, २ सय मोटरर्साईकल र ४ मिनी माइक्रो बस गरी ४ सय सवारी साधनहरू रहेको पनि कार्यालयले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग