Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आधुनिक आरन मेसिन वितरण

Published on 2:30:00 AM //

पुरानै शैलीमा आरन पेशा अंगालेर जीवन निर्वाह गर्दै आएकाहरूलाई एक गैर सरकारी संस्थाले पेशा संरक्षण र विकासका लागि आधुनिक आरन मेसिन उपलब्ध गराएको छ ।

लोपोन्मुख हुदै जान लागेको पेशा संरक्षण र युवाहरूलाई आधुनिक सिपबाट यस पेशाप्रति अग्रसर गराउन आधुनिक मेसिन वितरण गरिएको सामाजिक तथा बौद्धिक विकास परिषदले जनाएको छ । मेसिन जिल्ला खेलकुद विकास समिति, युवा सुचना केन्द्रको आर्थिक सहयोगमा मेसिन बितरण गरिएको हो । परम्परागत रूपमा यो पेशा अंगाल्दै आएका पौदीअमर्राई गाविसका जुद्धबिर वि.क., अर्खलेका रबिमबहादुर, मनिराम, तिलक वि.क., अमरपुर गाविसका बलबहादुर, कृष्णबहादुर, मेखबहादुर, बम्घा गाविसका कृष्णबहादुर वि.क.लाई मेसिन उपलब्ध गर्राईएको संस्थाका अध्यक्ष लोकनाथ आचार्यले बताए । सरकारले ग्रामिण क्षेत्रका युवाहरूलाई आधुनिक पेशाका बारेमा जानकारी दिन र आर्कषित गर्न यसै वर्षदेखि अगाडी सारेको युवा सुचना केन्द्र अर्न्तगत जिल्लामा ९ संस्था मार्फत युवा क्षमता बृद्धि कार्यक्रम संचालन गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बरालले बताए । कार्यालयले युवाका क्षेत्रमा क्षमता अभिबृद्धि, नेतृत्व विकास, परम्परागत पेशाको संरक्षण, सुचना प्रविधि सम्बन्धि विभिन्न कार्यक्रमहरूका लागि ३ लाख ६० हजार वितरण गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग