Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपस्वास्थ्य चौकी कर्मचारीबिहीन हुँदा सेवाग्राही मर्कामा

Published on 8:31:00 PM //

हीरा कुवँर

जिल्लाको वडागाउँ गाविसमा रहेको वडागाउँ उपस्वास्थ्यचौकीमा विगत एक सातादेखि कर्मचारीविहीन हुँदा स्थानीयबासिन्दाहरू स्वास्थ्य उपचार पाउनबाट बञ्चित भएका छन् ।
दुई जना कर्मचारिले काम चलाएको उक्त चौकी एक हप्तादेखि कर्मचारीबिहिन भएपछि उपभोक्तहरू मर्कामा परेका छन् ।
स्वास्थ्यचौकीमा हाल दैनिक ४० जना रुघाखोकीका बिरामी आउने गरेतापनि कुनै सेवा पाउन सकेका छैनन्। विगत २ वर्षेदेखि कार्यालय प्रमुखबिहीन भएको उक्त चौकीमा स्थानीयबासीले जिल्लास्थित सरोकारवालाहरुसँग पटक पटक स्वास्थ्य प्रमुखको माग गरेतापनि हालसम्म कुनै चासो नदिएको स्थानीय पत्रकार प्रेम सुनारले बताए । त्यहाँ सुत्केरीसेवा नहुँदा कैयौं महिलाहरुले जोखिम बेहर्नु गर्नुपरेको र कतिपयले समयमै उपचार पाउन नसकी ज्यानसमेत जाने गरेको स्थानीय महिलाहरुको भनाई छ । उता जिल्ला जनस्वास्थ्य कार्यालयले भने आफूहरुले कार्यालयप्रमुखको व्यवस्था गरिसकेकोले तुरुन्तै जनताको स्वास्थ्य उपचार सुचारु गर्ने बताएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग