Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक वनको सहयोगपछि बिना पैसा गाउँमा बिजुली

Published on 3:36:00 AM //

घनश्याम गौतम

गुल्मी/बडागाउ“ गाविस-६ नयाँगाउँका अति विपन्न बिर्जमान सुनारले न त पैसा नै लगानी गरे न जनश्रमदान नै, तर उनको घरमा अहिले बिजुली बलिरहेको छ । दैनिक ज्याला गरेर घर खर्च चलाउने चिन्तामा डुबेका सुनार बिजुली कसरी बाल्ने भन्ने चिन्ताबाट पनि मुक्त भएका छन् । 
खरले छाएको झुपडीमा एक्लो जिवन विताईरहेकी पालुखी नेपालीको घरमा पनि अहिले बिना लगानी बिजुली बलिरहेको छ । घरमा अन्य कोही नभएको र मुस्किलले आफनै जग्गाले एक महिना पनि खान नपुग्ने नेपालीलाई पनि अहिले निकै खुशी बनाएको छ । बत्ति बाल्न पाउ“छु जस्तो लागेको थिएन’, उनले भनिन-तर सरहरूले दया गरेर बिजुली बालिदिएपछि निकै सजिलो भएको छ ।’ सुनार र नेपालीलाई मात्र होइन बडागाउ“ गाविसका झण्डै १ सय ५० घर दलित सहित सबै गाविसका घरपरिवारमा यतिबेला निःशुल्क बिजुली बलेपछि खुशी छाएको छ । खुशी ल्याईदिएको भने कसैको दयामायाले होइन, नत सरकारी योजनाले नै । खुशी ल्याइदिएको हो उनीहरूले नै १० वर्षदेखि संरक्षण गरेर हुरकाएको सामुदायीक वनले । स्थानीय बासिन्दाले २०५६ सालदेखि गाउ“मा रहेका विभिन्न बनलाई सामुदायीक बनाएर संरक्षण गर्दै आएका थिए । तिनै वनहरूबाट बिक्री गर्ने गरेको खोटो, काठ र घाँस बिक्री गरेर भएको आम्दानीले गाउ“मा अहिले बिजुली बलेको हो । बडागाउँ गाविसमा भएका सामुदायीक वन मध्ये तिलीहार सामुदायिक वनले ३ लाख ९६ हजार, आरूपाटा सामुदायीक वनले १ लाख ४७ हजार, सिलाथुम सामुदायीक बनले झण्डै १ लाख, पेंगाली सामुदायीक वनले ७० हजार, गोजु·ली सामुदायीक वनले ५१ हजार, सौरपानी सामुदायीक वनले ४० हजार सहित गरी सामुदायीक बनहरूले मात्र विद्युतीकरणका लागि झण्डै ९ लाख लगानी गरेका छन् । 
सामुदायिक विद्युतीकरणका अध्यक्ष हरि छन्तेलका अनुसार १ हजार ६ सय ५० घर रहेको बडागाउ“ सामुदायिक ग्रामीण विद्युतीकरण योजना सम्पन्न गर्न २ करोड १४ लाख खर्च भएको छ । जस अर्न्तगत उपभोक्ताले ४२ लाख ८० हजार लगानी गर्नुपर्ने थियो । विद्युतीकरणका लागि स्थानीय आमा समुह, वार्ड सुधार समिति, गाविस, जिविस लगायतले पनि आर्थिक सहयोग गरेका छन् । 
ँसामुदायिक वन, गाविस, जिविस, स्थानीय समितिहरू लगायतको लगानीले गाउ“का अधिकांश घरमा निःशुल्क लगानीमै बिजुली बलेको छ ।’ अध्यक्ष छन्तेलले भने,ँप्रति उपभोक्ता २ हजार ५ सय ४० रूपैंया“का दरले रकम जम्मा गर्नुपर्ने थियो ।’ वनको आम्दानीका कारण गाविसका अधिकांश वडाका उपभोक्तालाई सजिलो भएको हो । सामुदायिक वन नभएका वडाका उपभोक्ताले भने प्रति घर २ हजार ५ सय रकम जम्मा गर्दै जनश्रमदान समेत गरेको स्थानीय प्रेम सुनारले बताए । 
उपभोक्ताले संरक्षण गरेको सामुदायिक वनको आम्दानीले विद्युतीकरणमा मात्र नभएर गाउ“को अन्य विकासमा समेत महत्वपुण योगदान पुर्‍याएको छ । वडा नं. ४ को पैया“ढिक सामुदायीक वनको आम्दानीले स्थानीय जनता प्राविमा ५ वर्षदेखि एक शिक्षकको व्यवस्था गरिएको छ । त्यस्तै अर्को सामुदायीक बनले पनि मुसिकोट माविलाई १३ वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको अध्यक्ष चिनाबहादुर सिंहले बताए । गाउँमा रहेका विभिन्न सामुदायीक वन उपभोक्ता समितिहरूले गरेको आम्दानीले गाउमा मोटरबाटो, खानेपानी, शौचालय, विद्युतीकरण, विद्यालय, लगायतका क्षेत्रमा महत्वपर्ूण्ा योगदान पुर्‍याएको तिलीहार सामुदायीक बनका सचिव लोकबहादुर कार्कीले बताए । गाउँमा बिजुली बलेपनि मिटर बक्स किन्न नसक्ने परिवारका उपभोक्तालाई पनि मिटरबक्स किन्न सहयोग गर्ने तयारी गरेका छौं’-कार्कीले भने । गाउँमा बिजुली बाल्न देखि धेरै क्षेत्रमा सहयोग पुग्न थालेपछि जथाभावी फडानी गरेर अस्तव्यस्त बनेका बनहरूको संरक्षण गर्ने क्रम बढेको जिल्ला बन कार्यालयका प्रमुख राजेन्द्रमानसिंह भण्डारीले बताए । जिल्लामा झण्डै ३ सय ४० सामुदायीक रहेको कार्यालयले जनाएको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग