Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला प्रशिक्षण सम्पन्न

Published on 3:41:00 AM //

अखिल नेपाल महिला संघको आयोजनामा महिलाहरूको अञ्चल स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
विहिवार सम्पन्न दुइ दिने कार्यक्रममा नेपालका राजनीतिक पार्टीको महिला प्रतिको भिन्नता, महिला समस्याका सवालहरू, महिला सहकारिताको महत्व, महिला विरूद्धको हिंसा, घरेलु हिंसा, नयाँ संविधानमा समावेश गरिनुपर्ने महिलाहरूका सवाल लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य मैना भण्डारीले बताईन ।
गुल्मी, पाल्पा, अर्घाखाचीका गरी २५ महिलाहरू सहभागी भएको प्रशिक्षणमा अनेमसंघ केन्द्रिय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख सजिता शाक्य, केन्द्रिय सदस्य मेनुका पोखरेल, रमा मगर लगायतले प्रशिक्षण दिएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग