Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धन्यवाद लम्साल जी !

Published on 2:47:00 AM //

Gulmi Darshan
दिमाग तेज छ तर पढ्ने बातावरण छैन, पढ्ने मन औधी छ तर पढ्ने लेख्ने सामाग्री छैन । यस्तो छ हाम्रो देशमा पढ्न चाहने गरीब तथा जेहन्दार विद्यार्थीहरुको स्थिती । उता अर्को तर्फ भने पढेलेखेका मान्छे हरु आफ्नो पुरनो स्कुल तर्फ फर्केको उदाहरण कमै छन । तर मरभुङ गाविसमा रहेको मालिका उच्च माविका एक पुर्व विद्यार्थीले उक्त स्कुलमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका गरिब, दलित तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क कापी कलम तथा पाठ्यसामाग्री उपलब्ध गराएर एक गतिलो उदाहरण प्रस्तुत गरेका छन ।
घमिर गाविस-२ घर भई एस.एल.सी.सम्म मालिका उच्च माविमा अध्ययन गरेका पर्ुव विद्यार्थी सन्तोष लम्सालले विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित भई पठनपाठनमा सहभागी गराउने उद्देश्यले प्रति विद्यार्थी आधा दर्जन कामी र एक/एक कलम उपलब्ध गराएका हुन् । पेशाले उनी उर्जा प्राविधिक हुन् । लम्सालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई यसरी प्रोत्साहन दिंदा विद्यार्थीमा अध्ययनमा उत्साह थपिने बताए ।

लम्साल जीले त आफुले अध्ययन गरेको स्कुलको लागि र पाठ्य सामाग्री अभावमा अध्ययनलाई निरन्तरता दिन नसकेका साना नानीहरुका लागि ठुलो सहयोगका साथसाथै हौसला थप्ने काम गर्नुभएको छ । धन्यवाद लामासालजीलाई । तपाईं हामी पनि आफ्नो गाउठाउ, आफ्नो स्कुल र त्यहा पिछडिएका बर्गकालागी सक्दो सहयोग गर्न किन पछी हट्ने ?

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग