Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविस स्तरीय छात्रबृत्ति अभियान

Published on 12:36:00 AM //

हस्तिचौर गाविसमा रहेको हिमालय उच्च मा.वि.ले यसै वर्षदेखि गाविस स्तरीय जेहेन्दार विद्यार्थीहरू छनोट गरी पुरस्कृत गर्ने अभियान शुरू गरेको छ । गाविस भरमा विद्यार्थीहरू नियमित विद्यालय जाने वातावरण बनाउन र विद्यार्थीलाई अनुशासित बनाउन यस्तो अभियान थालिएको विद्यालयका अध्यक्ष द्रोणबहादुर कुवरले बताए ।

विद्यालयले गाविस स्तरमा परिक्षा संचालन गरेर जेहेन्दार विद्यार्थी छनोट गर्ने र पुरस्कृत गरी छात्रबृत्ति वितरण गरिने छ । यस वर्षो जेहेन्दार विद्यार्थी छनोटका परिक्षामा प्राथमिक तहमा हिमालय उच्च मा.वि.की. अमृता बोहोरा प्रथम, जालपा प्रा.वि.का मनिष कूवर द्धितिय र जनज्योती प्रा.वि.कि संगीता खत्री तृतिय भएका छन् । त्यस्तै निमावि तर्फ देविस्थान मा.वि.का सनु सारू प्रथम भएका छन भने मावि तर्फ हिमालय उच्च मा.विकै जितेन्द्र पन्थी प्रथम भएका छन् । त्यस्तै महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासले कक्षा एक देखि ८ सम्मका विद्यार्थीहरूले पाउने निःशुल्क छात्रबृद्धि कार्यक्रम गरेर वितरण गरेको छ ।

विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट प्राप्त निःशुल्क पाठ्यपुस्तक अर्न्तगत ५९ हजार ७ सय ५३ रूपैंया र महिला तथा दलित छात्रबृद्धि अर्न्तगत ३८ हजार ५ सय ७० रूपैंया वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले बताए । कार्यक्रममा प्राचार्य केशरबहादुर थापाले विद्यालयको अनुशासन वर्ष२०६६ का विभिन्न रणनीति र शैक्षिक रणनीतिका बारेमा जानकारी गराएका थिए ।

स्रोत: नयाँभावना दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग