Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोली हानेर मारियो चितुवा

Published on 12:30:00 AM //

घरको कोठामा पसेको चितुवालाई स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले गोली हानेर मारेका छन् ।

हाडहाडे गाविस-१ निवासी बिरबहादुर नेपालीको घरमा मंगलबार राती ११ बजे कुकुर खानका लागि पसेको चितुवा दुइ रातसम्म कुकुरसंगै बसेपछि गाउ“लेले वन कार्यालयल र प्रशासनमा मार्नका लागि आग्रह गरेका थिए । स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ को उपदफा ४ अनुसार विहिवार साँझ गोली हानेर चितुवा मारिएको वन कार्यालयका रेन्जर कण बहादुर पाण्डेले बताए । कुकुर खानका लागि नेपालीको घरमा पुगेको चितुवा कुकुर भाग्दै कोठमा पसेपछि संगै बाघपनि कोठामा पसेको र कोठाको ढोका नजिकै रहेको काठ चिर्ने आरा खसेर भित्रबाटै ढोका थुनिएपछि बाघपनि भित्रै थुनिएको थियो । चितुवा झण्डै ७० के.जी.को छ । कोठामा थुनिएका कारण डरले संगै रहेको कुकुरलाई दुइ दिनसम्म पनि चितुवाले नखाएको पाण्डेले बताए ।

मारिएको बाघलाई प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा वन कार्यालयमै ल्याउन लागिएको कार्यालयले जनाएको छ । चितुवाले यस अघि गाउँमा पसेर थुप्रै कुकुर, बाच्छा, पाडा र भैसी समेत खाएर गाउँलेलाई सताएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग