Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वयंसेविका पृरस्कृत

Published on 2:48:00 AM //

स्वास्थ्य कार्यालयले उत्कृष्ट सेवा पुर्‍याउने पाँच जना महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गरेको छ ।
जिल्ला भरका ९ सय ९७ जनामध्येबाट उत्कृष्ट हुनेमा दुविचौर गाविसकी शान्ति वि.क., पुर्कोट गाविसबाट इश्वरादेवी कुवर, विरबास गाविसबाट माया कुवूर, अर्वेनी गाविसबाट राधिका न्यौपाने र ह्वाङदी गाविसबाट चण्ढीका र्घर्ती मगर रहेका छन् । उत्कृष्ट मध्ये अर्वेनी र ह्वाङदी जिल्लाका अति विकट गाविस हुन् । उत्कृष्ट सेवा पुर्‍याउने पाँच जनालाई करूवा, दोसल्ला, करूवा र नगद १ हजार २ सय रूपैंया उपलब्ध गर्राईएको कार्यालयले जनाएको छ ।
त्यस्तै कार्यालयले लामो समयसम्म ग्रामिण क्षेत्रमा रहेर सेवा पुर्‍याउने ४ महिला स्वयसेविकालाई बिदाई गरेको छ । विदाई हुने महिलालाई प्रति महिला १० हजार नगद दिएर विदाई गरिएको तथ्याङ्क सहायक टुकप्रसाद पोखरेलले बताए ।

स्रोत: नयाँभावना राष्ट्रिय दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग