Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा मेला शुरु

Published on 9:38:00 PM //

भरत पाण्डे/गुल्मीदर्शन

संक्रान्तिका दिनदेखि मेला लाग्ने प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गामा बिहीबादेखि एक महिने धार्मिक मेला शुरु भएको छ।

जिल्लाको ऐतिहासिक तथा धार्मिक तपोभुमी रेसुङ्गामा रहेको पोखरीको पानीमा साउन महिनामा स्नान गरेपछि सम्पूर्ण पापहरु नष्ट हुने र पुण्य लाभ हुने धार्मिक विश्वाश छ।

रेसुङ्गामा रहेको पोखरीमा स्नान गरेपछि अन्य चार धाम पुग्न नपर्ने भन्ने मान्यता रहेकाले आज विहानै देखि रेसुङ्गा पोखरीमा स्नान गर्नेहरुको घुँइचो लाग्ने गर्दछ।

समुन्द्री सतहबाट २ हजार ३ सय मिटर उचाईमा रहेको रेसुङ्गा क्षेत्रमा हरेक वर्ष साउन महिनाभर धार्मिक मेला लाग्ने गर्दछ। यो मेलामा गुल्मी अर्घाखाँची पाल्पा स्याङ्जा बाग्लुङ्ग रुपन्देही लगायतका जिल्लाहरुबाट धर्मालम्बीहरु स्नानका लागि आउने गर्दछन्।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग