Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुहारीले दिईन दागबत्ति

Published on 2:12:00 AM //

मरेपछि दागबत्ति दिन छोरा नै चाहिने परम्परालाई तोड्दै यहाँको भनभने गाविसकी एक बुहारीले ससुराको दागबत्ति दिएकी छन् । भनभने गाविस-५ का ६५ वषिर्य अनन्तराम पोखरेलको विहिवार मृत्यु भएपछि उनकी बुहारी मिनाले दाहसंस्कार स्थल पुगेर दागबत्ति दिएकी हुन् । पोखरेलका दुइ भाई छोरा मध्ये रोजगारीका लागि जेठो छोरा युवराज भारतमा र कान्छो प्रकाश मलेशियामा छन् ।
छिमेकमा समेत दागबत्ति दिने नजिकको नाताबाट पुरूष कोही नभएपछि बुहारीले दागबत्ति दिएकी हुन् । मिना अखिल नेपाल महिला संघ क्रान्तिकारीकी गाउँ कमिटि सदस्य समेत हुन् । छोराले नै दिनुपर्ने दागबत्ति बुहारीले पनि दिने परम्परा चलाएपछि अन्य स्थानीय महिलाहरू पनि उत्साहित भएको स्थानीय राधिका भण्डारीले बताईन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग