Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले कार्यकर्तामाथि कुटपिट

Published on 10:08:00 PM //

पार्टी कार्यकर्ताको बदनाम गरेको भन्दै माओवादी कार्यकर्ताले गुल्मीमा एमाले कार्यकर्तालाई कुटपिट गरेका छन् ।
नयाँगाउँ गाविस-७ निवासी ५१ वषिर्य स्वागत श्रेष्ठलाई आइतवार विहान माओवादीका एक दर्जन कार्यकर्ताले कुटपिट गरेका हुन् । श्रेष्ठ एमालेका गाउँ स्तरका कार्यकर्ता हुन् । माओवादीका चन्द्रबहादुर वि.क., टिका खत्री, राजु पाण्डे, बादल लगायतका कार्यकर्ताले गाउ“ नजिकैको जंगलमा पुर्‍याएर कुटपिट गरेको आरोप उनको छ । कुटपिटबाट उनको दाहिने हात र खुट्टामा बढी असर परेको छ ।
आइतवार विहान कुटपिट गरेको भएपनि उपचारका लागि सदरमुकाम गए र कुटपिटको प्रचार गरेमा थप कुटपिट गर्ने धम्की दिएपछि आफुहरुले कसैलाई खबर नगरी घरमै राखेको स्वागतकी श्रीमति लक्ष्मीले बताईन । ँविहान ७ बजे धारा खोल्न नया“गाउ“को मैदानमा गएका बेला उनीहरुले एकैछिन काम छ भनेर लगे’, उनले भने, ँदश मिनेटको बाटोमा हिडाएर जंगलमा पुर्‍याएपछि तैले हाम्रो र पार्टर्ीीे बदनाम गर्ने भन्दै माओवादीका ँबादल’ले कुटपिट शुरु गरे ।’
उनी सिधा हिड्डुल गर्न र सजिलै उभिन सक्तैनन् । एमालेले घटनाको जानकारी पाएपछि प्रहरीको सहयोगमा गाउ“मा पुगेर उनलाई उपचारका लागि मंगलबार तम्घास ल्याएको छ । उनको तम्घास अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको छ । ँहामीले जानकारी पाए लगत्तै प्रहरी गाउ“मा लगेर अस्पताल ल्याएका छौं ।’, एमालेका जिल्ला सचिव कमल श्रेष्ठले भने, ँमाओवादीको यो राजनीतिक नभएर अपराधीक मानसिकता हो ।’ उनले पार्टर्ीी कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी दिने तयारी भैरहेको बताए ।
गाउूको एक व्यक्तिको परिवारका विषयलाई जोडेर माओवादी कार्यकर्ताको एमाले कार्यकर्ताले बदनाम गरेको र स्वागतलाई त्यस विषयमा सोधपुछ मात्र गरिएको तर कुटपिट नभएको माओवादीका राज्य समिति सदस्य जितजंगले बताए । ँहाम्रो उनलाई कुटपिट गर्ने उद्देश्य होइन’, जितजंगले भने, ँकुटपिट गरेको भन्ने गलत प्रचार हो ।’, उनको दावी छ । श्रेष्ठको कुटपिटपछि एमाले नया“गाउ“ कमिटिका उपसचिव लिलबहादुर वि.क. समेत विस्थापित भएको एमालेले जनाएको छ ।
माओवादीले नया“गाउ“ गाविसको हेमन्त परियारको घरमा आप\mनो पार्टर्ीीे सेल्टर रह“दै आएको र एमालेका कार्यकर्ताहरुले हेमन्त भारतमा भएका बेला उनकी श्रीमतिसंग माओवादी कार्यकर्ताको सम्बन्ध रहेको भन्दै झुटा प्रचार गरेकाले त्यसको सोधपुछ मात्र गर्न खोजिएको दावी गरेको छ । एमाले भएको र माओवादीमा प्रवेश नगरेको भन्दै आफुलाई माओवादी कार्यकर्ताले अहिलेसम्म तिनपटक कुटपिट गरिसकेको श्रेष्ठले बताए ।
स्रोत: नयाँभावना दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग