Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तरकारीको भाउ बढ्यो

Published on 9:07:00 PM //

गगनशिला खड्का

सदरमुकाम तम्घासमा तरकारी र फलफूलको मूल्य दोब्बर बढेको छ । तराईबाट आउने तरकारी र फलफूलमा कमी आएको तथा स्थानीय किसानको करेसाबारीमा खडेरीका कारण तरकारी उत्पादन घटेकाले मूल्य बढेको व्यापारीले बताएका छन् ।

केही दिनअघि २० रुपैयाँ प्रतिकिलो पाइने तरकारीको मूल्य अहिले ४० रुपैयाँ नाघेको छ भने फलफूलको मूल्य तीनगुनाभन्दा धेरैले बढेको छ । प्रतिकिलो १५ देखि २० रुपैयाँमा पाइने घिरौंला, चिचिन्डो, बोडी, सिमीको मूल्य अहिले ४० भन्दा बढी पुगेको छ । किलोका ८० रुपैयाँमा पाइने स्याउको मूल्य दुई सय रुपैयाँभन्दा बढी भएको स्थानीय डिमबहादुर महतले बताए । ४० रुपैयाँ प्रतिकिलो पर्ने आँप तथा ५० को टमटरलाई अहिले ८० रुपैयाँभन्दा बढी तिर्नुपरेको उनले बताए । आलुबाहेक बुटबलबाट आउने सबै तरकारी आउन छोडेकाले मूल्य एकाएक वृद्धि भएको तरकारी व्यापारी गणेश पाण्डेले बताए ।। 'सधंै बुटवलबाट गुल्मी ल्याइने भन्टा र खुर्सानी अहिले गुल्मीबाट बुटवलतर्फ पठाइएको छ,' उनले भने, 'अहिले महँगोमै भए पनि तरकारी पाइँदै छ, तर अब केही दिनसम्म पनि तराईबाट नआउने हो भने हाहाकार सुरु हुन्छ ।'

उपभोक्ताले भने बुटवलबाट तरकारी र फलफूल नआएको बाहनामा व्यापारीले मनपरी मूल्य बढाएको आरोप लगाएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग