Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला प्रशासनमा समस्या

Published on 2:55:00 AM //

घनश्याम गौतम
गुल्मी / पाँच जनाले एकै साथ स्वच्छिक अवकाश लिएपछि र्सवसाधरणको बढी भिड हुने जिल्ला प्रशासन कार्यालयमा समस्या थपिएको छ । प्रमुख जिल्ला अधिकारी टेकबिरजंग रायमाझी सहित कार्यालयका नागरिकता फाँटबाट केशवराज भण्डारी, राहदानी फाँटका विष्णुप्रसाद आचार्य, मुद्धा फाँटका यमबहादुर थापा र कार्यालय सहायक केशबबहादुर जि.सी.ले स्वच्छिक अवकाश लिएका हुन् । एकैसाथ पा“च जनाको अवकासपछि कार्यालयका सबै फाँटका काम प्रभावित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी रायमाझी सहित चार जनाको निवेदन विहिवारको सचिव स्तरिय निर्णउ स्वकृत गरेको हो । भने नागरिकता फा“टका भण्डारीलाई असार ७ गते देखि नै स्वकृत भएको थियो । एकै कार्यालयका पाँच जनाको स्वच्छिक अवकाश पछि दिनहु“ बढी भिड लाग्ने प्रसाशनका नागरिकता, राहदानी र मुद्धा फा“ट बढी प्रभावित छन् । चार जनाले काम गर्नुपर्ने नागरिकता फाँटमा अहिले दुइ जनामात्र छन् । त्यस्तै मुद्धा फाँट खाली नै भएपछि प्रशासन फाँटका जयश्वर पन्थीलाई मुद्धा फाँटका पठाएको छ । तर प्रशासकीय काममा बढी लोड हुने प्रशासन फा“ट पनि एक जनाको जिम्मामा आएको छ । स्वच्छिक अवकाशले प्रशासनका सबै फाँटमा काम गर्न अप्ठ्यारो भएको कायमुकायम प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । विभागले शुक्रवार देखि नै लागु हुनेगरी सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेलाई कायमुकायम बनाएको छ ।
त्यस्तै राहदानी फाँटमा कार्यरत विष्णुप्रसाद आचार्यले अवकाश पाएपछि भिड लाग्ने राहदानी फाँटमा एकजनालाई समस्या परेको छ । कर्मचारी अभाव भएपछि दिनहु बढी भिड लाग्ने नागरिकता र राहदानी फा“टमा र्सवसाधारणले एक दिन बढी कुर्नुपर्ने समस्या आएको कार्यालयले जनाएको छ ।
जिल्लामा सबै भन्दाबढी हुलाक कार्यालयबाट १४ जनाले स्वच्छिक अवकाश लिएका छन् । त्यस्तै वन, मालपोत, शिक्षा, कारागार लगायतका कार्यालयबाट समेत गरी जिल्लाबाट जम्मा ३६ जनाले स्वच्छिक अवकाश लिएको सामान्य प्रशासन मन्त्रालयको वेभ साइटमा उल्लेख छ । वेभ साइटका अनुसार जिल्लाबाट उप सचिव स्तरका १, शाखा अधिकृतबाट २, राजपत्र अनंकित कर्मचारीबाट ९, कार्यालय सहयोगीबाट ११ र हुलाक कार्यालयका श्रेणीविहिन १३ ले स्वच्छिक अवकास पाएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग