Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आर्थिक अभावमा ९ किलोकी बालिका पाँच किलोको टाउको

Published on 2:20:00 AM //

घनश्याम गौतम
गुल्मी/ शरिरका हात खुट्टा सबै पातलो र बालकको जस्तो, जस्तो तर टाउको भने ६० वर्षो बृद्धको जस्तो पा“च किलोको । सुन्दा नै अचम्म लाग्ने अवस्था यहाँको दुर्गम मलायागिरी गाविस-४ निवासी कमल खड्काकी ५ वषिर्य छोरी मिनाको हो ।
खड्काकी पा“च वषिर्य बालिका मिनाको टाउको जन्मेको पा“च महिना देखि नै असमान्य रूपमा बढ्दै गएको थियो । अहिले उनको जम्मा तौल झण्डै ९ किलो छ भने पा“च किलोको टाउको मात्रै । आर्थिक अभावमा तत्कालै उपचार गराउन नसकेका खड्का अहिले भने ालिकाले आप\mनो टाउको नै धान्न नसक्ने भएपछि आर्थिक सहयोगको गुहार माग्दै हिडेका छन् । गुल्मीको मलागिरीमा एक वालीकाकोे जन्मेको ५ वर्षै टाउको असमामान्य रूपमा बढेर ५ किलोभन्दा बढी भएपछि परिवारले उपचारको लागी गुहार मागेका छन् । मलागीरी गाविस वार्ड नं. ४ का कमल खड्काकी ५ वर्षी छोरी मिना खड्काको टाउकोमा पानी जमेर एकाएक बढ्न थालेपछि उपचारको लागी गुहार मागेका हुन् ।
गाउँमा सहयोग दिने कोही पनि नभएको र उपचार गर्नै पर्नेभएपछि खड्का परिवार अहिले सदरमुकाममा दिनहुँ सरकारी कायालय र व्यापारीहरूकहाँ धाइरहेका छन् । तर कसैले पनि सहयोग नगरेको उनको गुनासो छ । ँटिठ र दयाले पा“च, दश रूपैंया बाहेक कसैले सहयोग गरेनन् ।’, तम्घासको एक होटलमा भेटिएका खड्काले भने, त्यसरी उठेको पैसाले होटल खर्च पनि नपुग्ने भयो, उपचार कसरी गर्ने ।’ स्वास्थ्यकर्मीहरूले टाउकोमा पानी जमेकाले त्यसरी असमान्य रूपमा टाउको बढ्दै गएको बताएको र त्यसको अप्रेशन गर्नुपर्ने जानकारी उनलाई दिएका छन् । अप्रेशनपछि पनि बालिका पर्ूण्ारूपमा स्वास्थ्य बन्न नसक्ने बताएपछि उनी सदरमुकाम आएपछि झन निराश भएका छन् । अप्रेशन गरेपछि पनि पुरै निको हुदैन रे’, उनले भने, ँअप्रेशनका लागि झण्डै ५० हजार लाग्ने डाक्टरले बताएका छन् ।’ २०६० सालको चैत्र महिनामा जन्मेकी मिनाको टाउको अहिले शरिरको तुलनामा निकै डरलाग्दो र असामान्य छ । पछिल्ल्ाो समयमा टाउको लाम्चो आकारमा बढ्दै जान थालेको र अन्य शरीरपनि बा·ो बन्दै सुक्दै गएकाले थप चिन्ता लागेको बाबु कमलले बताए ।
स्थानिय मलागीरी उपस्वास्थ्य चौकीमा जन्मीएकी बालीकाको टाउको असामान्य रूपमा बढन थालेपछि उपचारको लागी स्वास्थ्य चौकीको सल्लाह अनुसार बुटवल आम्दा अस्पत्ताल लगेका थिए । तर आर्थिक अभावकै कारण उपचार गर्न नसिएको कमलले बताउनुभयो । खड्काले छोरीको उपचारमा सरकारबाट सहयोगको अपेक्षा राख्दै अपा· परीचय पत्र बनाएर सदरमुकाममा लगी सबैसंग सहयोगको आग्रह गर्दै हिडीरहेका छन् । टाउकोको असामान्य भएपनि कमलाले नजिकै मानिसले बोलेको कुरा तुरून्तै टिप्ने र हा“सिरहने भएपनि टाउकोको वजन बढी भएको कारण उनी उठ्न र बस्न नसक्ने अबस्थामा पुगेको र दिनप्रतिदिन उनको जिवन कष्टकर बन्दै गईरहेको छ । बालिकाको उपचारको लागि सहयोग जुटाउन जिल्ला प्रशासन कार्यालयले मंगलबार अपा· परिचय पत्र बनाएर सहयोग गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुर्दशन थापा क्षेत्रीले भने बालिकालाई हाइड्रोसिफालस रोग भएको हुन सक्ने बताए । डाक्टर थापाका अनुसार दिमागमा तरल पदार्थ अर्थात सेरीब्रोस्पाइनल प|mुईड’का कारण यस्तो रोग लाग्ने र त्यसको मात्रा बढ्दै जाँदा शरिर टाउको असामान्य बन्दै जाने हुन्छ । त्यसको उपचारका लागि दिमागमै पाईप राखेर ट्युबको माध्यमबाट दिमागको तरल पदार्थलाई पेटको बाहिरी भाग अर्थात पेरिटोनियल क्याबिजीमा लैजान सकेमा उपचार सम्भव हुन्छ । तर त्यो निकै मह·गो हुन्छ ।’, उनले भने, सरकारी अस्पतालमा २ देखि ३ लाखसम्ममा उपचार हुन सक्छ ।’ डाक्टर थापाले विपन्न परिवारहरूका लागि सरकारले यस वर्षदेखि विपन्न खुल्ने प्रमाण सहित आएमा जिल्लाको आर्थिक सहायता समितिको सिफरिस र अप्रेशन गने अस्पतालको सिफरिसका आधारमा ५० हजार देखि १ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउन सक्ने बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग