Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भवन भत्केपछि दर्जन स्कुलमा पठनपाठन बन्द

Published on 2:45:00 PM //

पहिरोले विद्यालयका भवनहरू भत्केपछि यहाँका झन्डै एक दर्जन विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन् ।

भवनमा क्षति पुगेका कारण पौदीअमराइको पौदी प्राथमिक विद्यालय, नेटाको तिखेचुली प्रावि, छापहिले गाविसको सिद्ध प्रावि, इश्मादोहोली गाविसको देवीस्थान प्राविलगायतका विद्यालयमा पठनपाठन बन्द भएको हो । पौदी प्राविको ३ कोठे भवन भत्केपछि भवन अभावमा पढाइ अनिश्चितकालका लागि बन्द गरिएको व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।

विद्यालय बन्द भएपछि तीन सयभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । असारदेखि वर्षे विदा भएका विद्यालयमा बन्दकै बेला पहिरोले क्षति पुर्‍याएपछि खुले लगत्तै पुनः बन्द भएका हुन् । जिल्ला शिक्षा कार्यालयले जिल्लाका दर्जनभन्दा बढी विद्यालयमा पहिरोले क्षति पुर्‍याएको र झन्डै ३ हजार विद्यार्थी प्रभावित भएको जनाएको छ ।

पहिरोका कारण दोहोलीको देवीस्थान प्राविको प्राङ्गण नै बगाइदिएको छ भने जाइकाले निर्माण गरिदिन लागेको २ कोठे भवन पनि जोखिममा परेको छ । मैदान भत्किएर स्कुलको भवनमै पुग्न सक्ने अवस्था नभएपछि निर्माण नहुँदासम्मका लागि विद्यालय बन्द गरिएको शिक्षक हिरा दर्लामीले बताए । विद्यालयमा २ सय ६० विद्यार्थी अध्ययनरत छन् ।

स्रोत: कान्तिपुर दैनिक

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग