Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामीमा रेसुङ्गा बैंकको शाखा

Published on 9:49:00 PM //


ग्रामिण क्षेत्रमा सुविधा पुर्‍याउने उद्देश्यले रेसु·गा विकास बैंकले वामीटक्सार बजारमा पहिलो शाखा विस्तार गरेको छ ।
सदरमुकामबाट ८० किलोमिटरको दुरीमा रहेको वामीटक्सार बजारमा बैंकले सोमबार शाखाको उद्घाटन गरेको हो । उद्घाटनकै दिन स्थानीय झण्डै ३ सय जनाले खाता खोलेका थिए । बैंकको प्रधान कार्यालय तम्घासमा छ ।
यस अघि बाणिज्य बैंकको शाखा स्थापना गरिए पनि जनयुद्धका बेला शाखा विस्थापित भएको थियो । मुलुक शान्ति प्रकृयामा गएपछि स्थानीयले वाणिज्य बैंकको शाखा माग गर्दै आएका थिए । रेसु·ाको शाखा विस्तार भएपछि स्थानीय बासिन्दालाई नगद जम्मा र श्रृण लगानी भन्दा पनि रेमिटान्सबाट बढी ग्राहक लाभान्वित हुने स्थानीय सर्ुदर्शन शाक्यले बताए ।
बैंकले गुल्मीका वामीटक्सार, कर्ुघा, आूपचौर, तुरा·, मुसिकोट, बाग्लु·का दगातु·डा“डा, खर्बा·, बर्ुर्तिबा· लगायतका गाविसका र्सवसाधरणलाई फाइदा दिने छ । वामी क्षेत्र जिल्लाको सबै भन्दा बढी रेमिटान्स भित्र्याउने क्षेत्र पनि हो । पहिलो शाखाको रूपमा नगद जम्मा, श्रृण लगानी, लगायतका सबै सुविधा बैंकले उपलब्ध गराउने अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । रेमिटान्सको कारोबारका लागि बैंकले विभिन्न २२ संस्थासंग सम्झौता गरेको बैंकले जनाएको छ ।
फोटो: तारा भुषाल

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग