Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्राधिकरणलाई समेत कति पटक बत्ति बिग्रियो पत्तो नै छैन्

Published on 2:44:00 PM //



घनश्याम गौतम
विद्युत प्राधिकरण कार्यालय नै व्यवस्थित हुन नसक्दा अर्घर्ाा“ची र गुल्मीमा एक सातामा ३६ घण्टा मात्र विजुली बलेको छ । प्राधिकरण र कर्मचारीको लापरवाहीले दर्ुइ पहाडी     जिल्लामा दिनहु“ लामो समयसम्म विद्युत अनियमित हुने गरेको छ ।
विद्युत अनियमित र कर्मचारी कार्यालयमा नभएपछि एक सातामा विद्युत कति बल्यो र कति पटक अबरूद्ध भयो भन्ने तथ्याड्ढ राख्न समेत कार्यालयले सकेको छैन् । दिनहु“ पटक पटक बत्ति जाने समस्या महिनौ देखि यहा“का     र्सवसाधरण भोग्न बाध्य छन् । यो साता शनिवार ९ घण्टा आइतवार ४ घण्टा, मंगलबार ६ घण्टा, विहिवार ११ घण्टा, शुक्रवार ४ घण्टा मात्र बिद्युत सुचारू भएको छ । दिनहु“ बत्ति जा“दा कम्प्यूटर प्रयोगकर्ता, रेमिटान्स संचालक, र्साईवर, कम्प्यूटर इन्ष्िटच्यूट संचालकहरू बढी प्रभावित भएका छन् । 
पटक पटक विद्युत अबरूद्ध हुने कारणबारे कार्यालय र कर्मचारीहरू नै अनभिज्ञ छन । र्सवसाधरणले जानकारी लिन चाहेमा भने कर्मचारीको तयारी जवाफ हुने गर्छ, ँबत्ति पाल्पाबाट विग्रिएको हो वा पाल्पाले लोड लिएको हो ।×’ प्राधिकरणका कर्मचारी भने कार्यालयमा कर्मचारी अभाव र भएकाहरूलाई पनि प्रमुखले नियमित रूपमा काममा लगाउन नसक्दा नै बढी समस्या आएको बताउ“छन् । ँहाम्रो कार्यालय    प्रमुखले चलाउ“दैनन×’, प्राधिकरण भित्र आन्तरिक समस्या रहेको बताउ“दै एक कर्मचारी भन्छन, र्ँकर्मचारीले प्रमुखलाई चलाउने गरेका कारण समस्या आएको हो ।’ 
कतैबाट बत्ति गयो भने कार्यालय प्रमुखले कर्मचारीलाई फोन गरेर कार्यालयमा बोलाउनु पर्ने अवस्था भएकाले बढी समस्या भएको अर्का एक कर्मचारीले जानकारी दिए । ँदिउसोमा मुस्किलले प्रशासनका कर्मचारी बाहेक अन्य प्राविधिकहरू कार्यालयमा भेटिदैनन् । लामो समयसम्म विद्युत अस्तव्यस्त हु“दा दुवै जिल्लाको जनजीवन बढी प्रभावित भएको छ । प्राधिकरणको लापरवाहीका कारण पटक पटक यस्तो समय आएपछि छ महिना अगाडी पत्रकार महासंघ र गुल्मी उद्योग वाणिज्य संघले कार्यालयमा नै तालाबन्दी गरिदिएको थियो । र्
कर्मचारी समस्या, विद्युत अवरोधका सबै समस्यालाई सुधार गर्ने शर्तमा ताला खोलिएपनि सहमति अनुसार कुनै सुधारको प्रयास नभएको पत्रकार महासंघका उपाध्यक्ष नवराज भुसालले बताए । ँनागरिकका समस्यामा प्राधिकरण कहिल्यै पनि जवाफदेही भएन ।’, उपाध्यक्ष भुसालले भने, ँयसको परिणाम प्राधिकरणले गम्भिर ढंगले व्यहोर्न पर्ने हुनसक्छ ।’
दशै नजिकिदै गरेका कारण गाउ“ गाउ“बाट रेमिटान्स लिन आउने र्सवसारधण बढी प्रभावित भएका छन् । छिनछिनमै जाने र आउने विद्युतका कारण घरायसीसंगै विद्युतिय उपरकणमा लाखौंको क्षती पुगेको छ । ँएक सातामा कम्प्यूटर मर्मतमा २० हजार भन्दा बढी खर्च भयो ।’, रेसु·ा कम्प्यूटर इन्ष्िटच्यूटका प्रोप्राइटर अभिमन्यु पोखरेलले भने, ँयो एक सातामा मुस्किलले एक दिन पुरा इन्ष्िटच्यूट खोलिएको छ ।’
तम्घासको अनमोल कम्प्यूटर विक्रि तथा मर्मत केन्द्रका कृष्णप्रसाद खनालले तम्घासमा अहिले दैनिक ५ भन्दा बढी कम्प्यूटर मर्मतका लागि आउने गरेको बताए । विद्युतको पावर समस्याका कारण कम्प्यूटरका मदरबोर्ड, हार्डवेयर पार्ट, सिस्टम खराबी, पावर सप्लाई लगायतका समस्या आउने गरेको उनले जानकारी दिए । 
विद्युत प्राधिकरणका कार्यालय प्रमुख शिव पाण्डे भने सर्म्पर्कमा आउन चाहेनन् । प्राधिकरणका प्राविधिक जिवकान्त पाण्डेले भने पाल्पादेखि अर्घर्ाा“चीसम्मको लाईन एउटै र लामो लाइन भएकाले बिच बिचमा खराबी हु“दा बढी समस्या आउने गरेको बताए । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग