Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउ गाउमा विकास बैंक, स्थानीयलाई नै रोजगारी

Published on 12:47:00 PM //



घनश्याम गौतम


गुल्मी/ ठुला शहरका चोक चोकमा विकास बैंकका शाखाहरू विस्तार भैरहेका बेला यहाूको एक बैंकले भने गाउूलाई पहिलो प्राथमिकता दिदैं शाखा विस्तार गर्न शुरू गरेको छ ।
दुइ वर्षअघि तम्घासमा प्रधान कार्यालय रहने गरी स्थानीय व्यवसायीहरूले शुरू गरेको रेसु·ा विकास बैंकले ग्रामिण क्षेत्रलाई पहिलो प्राथमिकता प्रदान गर्दै गाउू गाउूमा शाखा विस्तार शुरू गरेको हो । बैंकले दर्ुइ महिनाको अवधिमा दर्ुइ शाखा विस्तार गरेको छ, भने थप चार शाखा विस्तारको तयारी गरेको छ । बैंकले शाखाहरूमा स्थानीय जनशक्तिलाई नै रोजगारीका लागि पनि प्राथमिकता दिएको छ ।
अधिकृत पुजीं ५ करोड, जारी पुंजी ३ करोड ६ लाख र चुक्ता पुंजी २ करोड १४ लाख २० हजार रहेको बैंकले सदरमुकामबाट झण्डै ४० किलोमिटर टाढा वामीटक्सार र ३० किलोमिटर टाढाको शान्तिपुर बजारमा शाखा विस्तार गरी कारोवार शुरू गरेको छ । त्यस्तै खैरेनी बजारमा शाखा संचालनको तयारी अन्तिम चरणमा पुगेको छ भने बलेटक्सार, मजुवा र सिमलटारीमा पनि शाखा विस्तारको तयारी भैरहेको बैंकले जनाएको छ । बैंकका नायवमहाप्रवन्धक र्सार्जन भट्टर्राईका अनुसार गाउूमा विस्तार गरिएका शाखाले प्रधान कार्यालयले जस्तै निक्षेप संकलन, विभिन्न क्षेत्रमा लगानी, रेमिटान्स, अन्तर बैंकि· सेवा लगायत सुविधा ग्राहकलाई प्रदान गर्नेछ । बैंकले गाउू घरमै सेवा पुर्‍याएपछि र्सवसाधरण खुशी छन् । त्यस्तै ग्रामिण क्ष्ँेत्रको अर्को रिडी बजारमा काष्ठमाण्डप बैंकले पनि दर्ुइ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ ।
बैंकले २ देखि ६ प्रतिशत दैनिक ब्याज बचत निक्षेप संकलनमा र ५ देखि ८ प्रतिशत मुद्धती खातामा ब्याज प्रदान गर्दै आएको छ । त्यस्तै व्यापार, शैक्षिक, घर जग्गा, भवन निर्माण, बैदेशिक रोजगार, व्यक्तिगत, कृषि, हायर पर्चेज लगायतमा कर्जा प्रदान गर्दै आएको बैंकले १० देखि १४ प्रतिशत ब्याज लिने गरेको भट्टर्राईले बताए ।
प्रधान कार्यालयमा ५ हजार बढी ग्राहक रहेका बैंकका गाउूमा खोलिएका दुवै शाखामा छोटो समयमै ग्राहकको संख्या ह्वात्तै बढेको छ । एक महिना अगाडी खुलेको वामी शाखामा १ हजार भन्दा बढी र एक साता अगाडी संचालनमा आएको शान्तिपुर शाखामा ८ सय ग्राहकले सेवा लिन शुरू गरेको पनि भट्टर्राईले बताए । शाखाहरूमा रकम जम्मा र रेमिटान्सको कारोबार बढी छ ।
ँदैनिक १०/१२ जनाले रेमिटान्स सेवा मात्र लिएका छन् ।’, शान्तिपुर शाखाका म्यानेजर थम्मन रानाले भने, ँरकम जम्मा गर्ने ग्राहकहरू पनि निकै धेरै छन् ।’ गाउ“मा स्थापना गरिएको भएपनि ग्राहकहरूलाई सबै सेवा प्रधान कार्यालयकै प्रदान गरिएको उनले बताए । बैंकले शाखा विस्तार गरिएका सबै स्थानमा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिएको छ । बैंकले हरेक शाखामा ५ कर्मचारी नियुक्ति गर्ने गरेको छ । 
ँस्थानीय जनशक्ति, स्थानीय स्तरमा भएको निक्षेप संकलन स्थानीय स्तरमै लगानी र रेमिटान्स सुविधा प्रदान गर्ने हाम्रो पहिलो उद्देश्य हो ।’ बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने, ँहामी जिल्ला भित्रका सबै स्थानका ग्राहकको सेवालाई प्राथमिकता साथ सेवा प्रदान गरेर मात्र अन्य क्षेत्र विस्तार गर्ने योजनामा छौं ।’ त्यसैले स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिएको पनि उनले बताए । बैंकले असोज महिना भित्रै र्सवसाधरणका लागि ९१ लाख ८० हजारको शेयर विक्रिको तयारी पनि भैरहेको जनाएको छ । बैंकमा स्थानीय १८ जना व्यवसायीहरू संस्थापक शेयर छन् ।
दर्ुइ वर्षअगाडी स्थापना गरिएको बैंकले अहिलेसम्ममा ६८ लाख मुनाफा आर्जन गरेको पनि महाप्रवन्धक भट्टर्राईले बताए । बैंकले २०६६ साउन मसान्तसम्म १७ करोड कर्जा लगानी गरेको छ भने २२ करोड निक्षेप संकलन गरिएको जनाएको छ । नीजि क्षेत्रबाट रेसु·ा विकास बैंकसंगै सदरमुकाम तम्घासमा नेपाल एस.वि.आई बैंकले पनि सेवा प्रदान गरिरहेको छ भने गुल्मी विकास बैंक संचालनको तयारीमा छ । त्यस्तै सदरमुकाम केन्द्रित भएर राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले पनि सेवा प्रदान गरिरहेका छन भने जिल्लाकै अर्को ग्रामिण बजार रिडीमा दर्ुइ वर्षअघि देखि नै काष्ठमाण्डप बैंकले पनि सेवा प्रदान गर्दै आएको छ ।
नयाँभावना राष्ट्रिय दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग