Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयमा तालाबन्दी

Published on 11:40:00 AM //



गुल्मीका विद्यालयमा विभिन्न माग राखी तालाबन्दी गर्ने क्रम बढेको छ । टिमुरखर्क निमावि भनभने-८ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीबहादुर बोहरा र प्रधानाध्यापक वीरेन्द्र केसीले अनियमितता गरेको भन्दै अभिभावकले तालाबन्दी गरेका छन् ।
व्यवस्थापन समितिका अध्यक्ष बोहराले विद्यालयको राहत कोटा १० महिनासम्म लुकाइराखेर आफ्नी छोरीलाई नियुक्ति गरेको, प्रशासनले आर्थिक-भौतिक सम्पत्ति विवरण सार्वजनिक नगरेकोलगायत आरोप लगाइएको छ । उता व्यवस्थापन समिति गठनमा राजनीतीकरण भएको भन्दै खस्थोक निमावि मुसिकोट गुल्मीमा अविभावकले तालाबन्दी गरेका छन् । एमालेले एकपक्षीय रूपमा व्यवस्थापन समिति गठन गरेको आरोपका साथ कांग्रेस, माओवादी र जनमोर्चा समर्थित अभिभावकले तालाबन्दी गरेका हुन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग