Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५ करोड राजस्व संकलन

Published on 11:59:00 AM //

गुल्मी/ जिल्लामा गत आवमा झन्डै ५ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष गुल्मीबाट पाँच करोड ४४ लाख ९० हजार ११ सय ९१ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण शाखाले जनाएको हो ।

कोष तथा लेखा निरीक्षक कार्यालय गुल्मीका अनुसार, राजस्व संकलनको मुख्य स्रोत अन्तःशुल्क दस्तुर र राहदानी शुल्क रहेका छन् । गत वर्ष अन्तःशुल्क दस्तुरबाट २ करोड ९२ लाख ४७ हजार ६० र राहदानी शुल्कबाट २ करोड ७३ लाख ५ सय ५० रुपैयाँ संकलन भएको छ । त्यस्तै, जिल्लामा गत असार मसान्तसम्म ४२ मदिरा पसल दर्ता शुल्कबाट १ लाख ९६ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्ष ५ मदिरा पसल दर्ता भएकामा अहिले त्यसको संख्या १ सय ५२ पुगेको छ । सबैभन्दा थोरै राजस्व संकलन प्रालिबाट जम्मा ६ सय रुपैयाँ र आकस्मिक शुल्कबाट ८ सय ७५ रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । 
आयस्रोतको बढी अपेक्षाकृत वन क्षेत्रको आय भने १ लाख ३९ हजार ७ सय २१ मात्रै संकलन भएको छ । त्यस्तै, घरजग्गाबाट १४ लाख ९२ हजार ८ सय ७१ रुपैयाँ २० पैसा, रजिष्ट्रेसन दस्तुरबाट ८ लाख ७१ हजार ३ सय ७०, सवारी इजाजतबाट १ लाख २९ हजार ३ सय ५०, परिचय दस्तुरबाट ३ लाख ३२ हजार ५७० रुपैयाँ संकलन भएको कोलेनिकाले जनाएको छ ।

Source: Naya Patrika

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग