Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४० जना गुल्मेली सहित ५२९ कामदार नेपाल फिर्ता

Published on 3:52:00 PM //

गगनशिला खड्का
आर्थिक मन्दीको कारण देखाउँदै कतारको एउटै कम्पनीबाट पाँच सय २९ नेपाली घर फर्काइएका छन् ।
तीमध्ये ४० जना गुल्मेली युवा निकालिएका छन् । आर्थिक मन्दीका कारण कम्पनी बन्द भएपछि एउटै कम्पनीबाट ४० गुल्मेलीसहित एकैसाथ पाँच सय २९ जना नेपाली नेपाल फर्किएका छन् ।

काठमाडांैको त्रिकोण मेनपावरमार्फत कतारको पेन्सल्टिका नामक कम्पनीमा पुगेका गुल्मी नेटा-४ का सन्तोष केसी, अर्खाबाङका चूणामणि रोक, शान्तपुरका भीमबहादुर खत्री, नरबहादुर खत्रीलगायत गुल्मीका ४० युवा कम्पनी बन्द भएपछि काम नपाएर घर फर्केका गुल्मी नेटाका सन्तोष केसीले बताए । आर्थिक मन्दीको कारण देखाउँदै कम्पनीले चार महिनादेखि तलब नदिएपछि साथीभाइसँग सरसापटी गरेर चार महिनासम्म छाक टारेर बडो मुस्किलले घर फर्केको उनले बताए । 'चार महिनादेखि विनातलब राख्यो, साथीभाइसँग सापटी पैसा मागेर आएका छौँ,' उनले भने । आफूहरूले पाउनुपर्ने रकम पछि बैंकमार्फत पठाइदिने बताएरअहिले हवाईटिकट मात्र दिएको उनले बताए ।
उनीहरूमध्ये ६ महिनादेखि २४ महिनासम्म काम गरेका छन् । मन्दीले गर्दा काम नपाइने र पाइए पनि तलब नपाउने समस्या भएको उनले बताए । काम ६ महिनाअघि पनि सोही कम्पनीबाट ६ सय पचास नेपाली पठाएका थिए ।

Tags:

2 comments

  1. Please Write the compony name

    ReplyDelete
  2. The company is already mentioned in the blog post i.e Panceltica Holdings Ltd, Qatar and the agent in nepal was Trikon Management Service Pvt Ltd.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग