Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिन्ल्यान्डमा दशै मनाइने

Published on 2:27:00 PM //


Gulmi Darshan
बडादशैं २०६६ को अबसर पारेर फिन्ल्यान्डमा रहेका नेपालीहरुले धुमधामका साथ दसै मनाउने भएका छन । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नेपाल फिन्ल्यान्ड समाज (सुनेपाल)ले बडादसैं कार्यक्रमको आयोजना गर्न लगेको छ । कार्यक्रम यही आउंदो २८ तारिक सोमबारका दिन हेल्सिन्कीमा खानपिन, नाचगान, हास्यब्यङ्ग्य तथा अन्य मनोरन्जन सहित मनाइने कार्यक्रम छ ।


दशैं कार्यक्रममा सहभागी हुन चाहनेहरु सुनेपालका सदस्य भए सात युरो र अरुलाई १२ युरो शुल्क तोकिएको छ तर सात बर्षमुनिका केटाकेटीहरुलाई भने नि:शुल्क गरिने भएको छ । कार्यक्रमलाई ब्यवस्थित रुपले सम्पन्न गर्नका लागि यस कार्यक्रममा सहभागी हुन चाहनेहरुको संख्या किटान गर्न निणर्य भए बमोजिम सहभागी हुन चाहनेहरुले गोपाल अर्याल वा नेत्र प्रसाद खरेललाई संपर्क गरी टिकट लिन सक्नुहुनेछ । त्यसैगारि सोझै समाजको बैंक खातामा शुल्क जम्मा गरेर पनि आफ्नो सिट सुरक्षित गर्न सकिने, सुदिप भुषण अर्यालले जानकारी दिनुभयो ।
बेलुकी ५ बजेदेखी सुरु हुने पार्टीमा नेपाली दशै पारीकार तथा पेय पदार्थ हलभित्रै उपलब्ध हुनेछ ।
त्यसैगरी हेल्सिन्की बाहिर रहेका अन्य नेपालीहरुले पनि आ-आफ्नै स्थानमा दसैं बनाउने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

2 comments

  1. "Hinduharu ko mahan parwa BADA DASHAMI ko pawan awasar ma Nepal lagayat biswa ka bivinna sthanharu ma 6ariyara raheka mera pyara sathiharu/aafantaharu lai vijaya dashamiko suvakamana byakta garna chahan6u .... sathai saktiki devi Durga vawani le harek chunauti haru ko samana garne samarthya pradana garun.....Dashain harsollas purna tarika le bitos yahi mero kamana ......
    SuMiT ArYaL......"

    ReplyDelete
  2. तपाँई लगायत यस ब्लगमा पाल्नु हुने सम्पूर्ण पाठकहरुलाई बिजया दशमी को हार्दिक मंगलमय शुभकामना !!!

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग